टीसीएलको चाडपर्व लक्षित योजना
एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले दशैं, तिहार तथा छठलाई लक्षित गरेर सेलिब्रेट ग्रेटनेस नामक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले टीसीएलका होम इन्टरटेन्मेन्ट र होम एप्लायन्सका उत्पादनहरू खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो योजनाअन्तर्गत टीसीएलको कुनै पनि टेलिभिजनको खरिदमा ४४ हजार सात सय रुपैयाँसम्मको आकर्षक छुट पाउन सक्नेछन् । त्यस्तै, वाशिङ मेसिन खरिदमा १४ हजार चार सय रुपैयाँसम्मको छुटका साथै छ केजीको एरियल मेटिक पाउडर उपहार पनि पाउन सक्नेछन् । साथै, टीसीएलको सम्पूर्ण क्याटागोरीको एयर कन्डिसनरको खरिदमा ५६ हजार आठ सय रुपैयाँसम्मको आकर्षक क्यासब्याक प्राप्त गर्न सकिनेछ भने चार हजार रुपैयाँ बराबरको निःशुल्क एसी जडान सुविधा पनि पाउन सकिने कम्पनीले जनाएको छ । यस्तै, कम्पनीको साइड बाइ साइड रेफ्रिजरेटरको खरिदमा ३१ हजार आठ सय रुपैयाँसम्मको आकर्षक क्यासब्याक पाउनुका साथै सिजी इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्ने सकिनेछ । साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्रि डेलिभरी, फ्रि इन्स्टलेसन सुविधा पनि प्रदान गरेको छ ।
त्यसैगरी शून्य प्रतिशतमा फाइनान्स सुविधा, पुराना भएका सामान फेरबदल गरी नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफरलगायतका सुविधा समेत प्रदान गरेको कम्पनीले जनाएको छ । यो योजना भदौ सीमित अवधिका लागि नेपालभर लागू गरिएको जनाइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया