Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलको १८औँ वार्षिकोत्सव

एनसेलको १८औँ वार्षिकोत्सव


एनसेल आजियाटा लिमिटेडले आइतबार आफ्नो सेवा सञ्चालनको १८औँ वार्षिकोत्सव मनाएको छ । कम्पनीले सन् २००५ सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेरो मोबाइल)ले आफ्नो सेवा सञ्चालनमा ल्याउँदै यात्रा सुरु गरेको थियो । त्यस बेलादेखि नै कम्पनीले आफ्ना सेवाहरू प्रदान गर्दै नेपालको दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याएको उल्लेख छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एनसेलको १८ वर्षको यात्राका एक करोड ६० लाखभन्दा बढी नेपालीमा आफ्नो सेवा विस्तार गरेको जानकारी दिए । देशको दूरसञ्चार आवश्यकता र प्रविधि विकासलाई सम्बोधन गर्न अझै जिम्मेबार बनेको उनको भनाइ छ । बहुसंख्यक नेपालीका लागि पाउन कठिन हुने सेवा र सुविधामा सहज पहुँच सुनिश्चित गराउने भिजन लिएको उनले बताए । नयाँ यात्राको सुरुवातसँगै एनसेलले आफ्नो ब्रान्डको बाचा ‘आज, भोलि, सधैँ सँगै’अन्तर्गत रही ‘हामी तपार्इंकै लागि’ थिमको घोषणा गरेको छ । यस थिमअन्तर्गत एनसेलले सामाजिक कार्यलाई अगाडि बढाउन र नेपालमा समुदायस्तरमा सार्थक प्रभाव पार्न शृङ्खलाबद्ध विभिन्न क्रियाकलाप, सहकार्य र कार्यक्रमको घोषणा गरेको हो ।

एनसेलले आफ्नो वार्षिक उत्सव मनाइरहेको बेला आकर्षक अफर पनि ल्याएको छ । प्रत्येक ग्राहक विजेता बन्ने ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’ अफरमा सबै ग्राहकले २८ दिनसम्म केही न केही सेवा सरप्राइज लोयल्टी गिफ्ट पाउने एनसेलले जनाएको छ ।यस अफरमा एस्ट्रिक्स १७११७ ह्यास डायल गर्ने ग्राहकले दैनिक, साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्नयोग्य बन्ने बताइएको छ । दैनिक उपहारमा ग्राहकले एनसेलका सेवाहरू कुनै पनि शुल्कविना प्राप्त गर्न सक्छन् भने प्रत्येक हप्ता एनसेलका एक हजार ग्राहकले एक सय रुपैयाँ ब्यालेन्स पाउने कम्पनीले जनाएको छ । अफरको अन्त्यमा सात जना भाग्यशाली ग्राहकले सात वटा स्कुटर पाउने बताइएको छ । साप्ताहिक र बम्पर उपहार प्राप्त गर्नका लागि ग्राहकले अफर अवधिभर एनसेल सेवाहरू प्रयोग गरेको हुनुपर्छ । साथै, एनसेलको बारेमा रचनात्मक नारा एनसेल एप वा एनसेल वेबसाइटमार्फत एनसेलसँग पठाउनुपर्ने बताइएको छ ।

यस्तै, एनसेलले राष्ट्रिय प्यारालम्पिक समिति, नेपालसँग सहकार्यको घोषणा समेत गरेको छ । जसअन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने प्यारालम्पिक राष्ट्रिय खेलाडीलाई सहयोग गर्नेछ । यस सहकार्यअन्तर्गत एनसेलले राष्ट्रिय खेलाडीको समग्र तालिम र विकासका लागि उनीहरूलाई आवश्यक पर्ने आहार र पोषण वर्षभरि सुनिश्चित गर्न सहयोग प्रदान गर्ने बताइएको छ । यसका साथै एनसेलले सामुदायस्तरमा लागू हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात् १८ का लागि १८ कार्यक्रम सुरु गरेको पनि घोषणा गरेको छ । यसअन्तर्गत एनसेलले सात वटै प्रदेशका गैरनाफामूलक संस्थाबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको छ ।

इच्छुक संस्थाहरूले एनसेलको वेबसाइटमार्फत आवेदन दिन सक्ने बताइएको छ । निश्चित मापदण्ड र प्रक्रिया पु¥याएर छानिने त्यस्ता सीएसआर आयोजनाका लागि कम्पनीले प्रतिपरियोजना १० लाख रुपैयाँ प्रदान गर्नेछ । दिगो विकास लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गर्ने कम्पनीको प्राथमिकता अनुरूप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्यलगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा एक अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको जनाएको छ । यस्तै, एनसेलले स्थापना कालदेखि आर्थिक वर्ष २०७८÷७९ सम्ममा कर र शुल्कबापत दुई खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी सरकारलाई तिरिसकेको जनाएको छ ।

एनसेल सेवाले दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने काम मात्रै नभएर देशको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) इकोसिस्टमको एक अभिन्न अंग बनेर देशको सामाजिक–आर्थिक विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको छ । जीएसएम मोबाइल सेवामा सहज र सुलभ पहुँच, थ्रीजीको सुरुवात, एनसेल कनेन्ट मोबाइल ब्रोडब्यान्ड, प्याकमा आधारित भ्वाइस र डेटा सेवा, एक रुपैयाँ ९९ पैसामा देशभर एकै कल दर, चौथो पुस्ताको फोरजी सेवा, एनसेल फर बिजनेस (एनफरबी), भारत, अमेरिका र क्यानडामा स्थानीय कल दर, सजिलो रोमिङ, एनसेल सापटी, ट्वीटर र विकीमा निःशुल्क पहुँच एनसेलका केही प्रमुख कोसेढुङ्गाहरू रहेको कम्पनीको भनाइ छ ।यसैगरी एनसेलले १८औँ वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमको पनि आयोजना गरिने जनाएको छ । स्वास्थ्य शिविर, रक्तदान, वृक्षारोपण, लैनचौर मैदानमा मैत्रीपूर्ण फुटबल खेल, ग्राहकसँग अन्तरक्रिया गर्न सेलिब्रेटीको एनसेल सेन्टरमा भ्रमणलगायतका कार्यक्रम आयोजना गरिने कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया