‘स्पार्क एड्भेन्चर’मा २०० जना बढी पर्यटक शैलुङमा
काठमाडौं । दोलखाको पर्टकीय क्षेत्र शैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क कारले आयोजना गरेको ‘स्पार्क एड्भेञ्चर २०२३’ सुरु भएको छ । सो कार्यक्रमअन्तर्गत दुई सय जना बढी पर्यटक शैलुङमा पुगेका छन् । धुलिखेलको मिराबेल रिसोर्टमा बिहीबार बिहान पञ्चैबाजासहित एडभेञ्चरको उद्घाटन गरिएको थियो । उद्घाटनपश्चात् सहभागीहरूको टोलीले शैलुङको यात्रा सुरू गरेको हो । सय थुम्काहरूको संगम शैलुङ धार्मिक पर्टकीय क्षेत्र समेत हो ।
यस्तै, शैलुङ सबैभन्दा फराकिलो हिमशृङ्खला देखिने उत्कृष्ट ‘हिल स्टेसन’ हो । प्रकृति र पर्यावरणको उत्तम संगम रहेको शैलुङ पर्यटकीय हिसाबले पनि निकै महत्वपूर्ण रहेको आयोजकको भनाइ छ । ‘यसपटक शैलुङको पर्यटन प्रवद्र्धन गर्नेछौँ, यहाँको प्रकृति र विशेषतालाई एक्स्प्लोर गर्न हामीले शैलुङलाई यसपटक छानेका हौँ,’ स्पार्क ग्रुपका जनरल म्यानेजर पदम पराजुलीले भने । प्रचुर पर्यटकीय सम्भावना रहेर पनि चल्तीको गन्तव्य नभएकाले उक्त स्थानको प्रचारप्रसारका लागि कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।
टोलीलाई रामेछापको दोरम्बामा स्थानीयले स्वागत गरेका थिए । त्यहाँको स्थानीय परिकारको स्वाद चाखेर टोली शैलुङतर्फ प्रस्थान गरेको आयोजकले जननाएको छ । शैलुङमा टोलीले साँझ स्थानीय परिकारको खाना खाएर करिब ३५ मिनेट पैदलयात्रा गरेका छन् । क्याम्पिङ टेन्टमा रात बिताउने आयोजकको भनाइ छ । चौंरी गोठ र त्यहाँको गोठाले जनजीवन समेत अवलोकन गरिने भएकाले कार्यक्रमको नारा ‘वाइल्ड स्टे विथ चौँरी’ राखिएको छ । कार्यक्रममा क्याप्टेन विजय लामा, कलाकार निखिल उप्रेती, गायक यश कुमार, कमेडियन सन्दीप क्षेत्रीलगायतका सहभागी छन् ।
कार्यक्रम संयोजक अमर दीप भट्टराईका अनुसार असोजको ११ देखि १३ गतेसम्म हुने तीन दिने कार्यक्रममा लोक गायक प्रेमराजा महत, कलाकार गरिमा शर्मा, लेखक बुद्धिसागर, डा रञ्जीत बराल, कमेडियन कैलाश कार्की, ट्राभलर सिर्जना सिज्जु, कलाकार स्वानिका बास्तोलालगायतको सहभागिता छ । कार्यक्रममा प्रशासनिक एवम् सुरक्षा निकायका अधिकारी समेत सहभागी छन् । एड्भेञ्चरमा नेपाल प्रहरीका एआईजी श्याम ज्ञवाली, आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त वादेसँगै चिकित्सक, विभिन्न दूतावासका प्रतिनिधि, कूटनीतिक नियोगका प्रतिनिधि लगायत फरकफरक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको छ । यस किसिमको सहभागितामूलक पर्यटन प्रवर्द्धन कार्यक्रम नेपालमै पहिलो पटक भएको आयोजकको दाबी छ ।
कार्य व्यस्तताले लोक गायक प्रेमराजा महत तथा मोडल रीना थापा मगर भने दोस्रो दिन मात्रै कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ । शैलुङतर्फको यात्रा तय गर्दै गर्दा सहभागीहरू निकै उत्साहित भएको क्याप्टेन विजय लामाले बताए । ‘साढे तीन दशकदेखि शैलुङमाथिको आकाशमा उड्दै ‘वाउ’ मात्रै भन्दै आएको थिएँ, अहिले प्रत्यक्षरूपमा स्थलगत जानका लागि एकदम एक्साइटड छु,’ क्याप्टेन लामाले भने ।
यस समूहले शुक्रबार चौँरी गोठ र शैलुङलाई ’एक्सप्लोर’ गर्ने आयोजकको भनाइ छ । साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकहरूका लागि यातायातको व्यवस्थापन गर्ने कार्य गर्दै आइरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
- दिगो पूर्वाधार विकासबाट मात्रै आर्थिक समृद्धि हासिल हुन्छ : मन्त्री ज्वाला
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया