स्याउबाट बनेको ‘मनाङ भ्याली वाइन’ सार्वजनिक
काठमाडौं । मनाङका लोकल किसानहरूद्वारा उत्पादित स्याउबाट बनेको मनाङ भ्याली वाइन नेपाली बजारमा सार्वजनिक भएको छ । कलाकार स्वस्तिमा खड्कालगायतको उपस्थितिमा मनाङ भ्याली वाइन सार्वजनिक गरिएको हो ।
अहिलेसम्म काठमाडौं उपत्यकामा मात्र लन्च हुने गरेकोमा मनाङ बेभरेजले भने ३५ सय मिटरको उचाइमा रहेको साब्जे लेकमा आफ्नो नयाँ वाइन सार्वजनिक गरेको हो । यो अहिलेसम्मकै सबैभन्दा बढी उचाइमा सार्वजनिक गरिएको उत्पादन हो । कार्यक्रममा मनाङ बेभरेजका डाइरेक्टर श्री आश्रय रञ्जीतकारले हिमालयको शुद्धता र मौलिकपनाबाट प्रभावित भएर स्थानीयस्तरमा उत्पादित स्याउबाट अत्यधिक प्रविधि प्रयोग गरी तयार गरिएको मनाङ भ्याली वाइन बजारमा ल्याएको बताए । विदेशी वाइन चाख्ने बानी परेका नेपाली उपभोक्ताले नेपाली स्वादको वाइन पक्कै पनि मन पराउने उनको भनाइ थियो ।
प्रकृति र संस्कृतिको कलात्मक सम्मिश्रणले सजिसजाउ मनाङ भ्यालीमा स्थानीय किसानद्वारा उत्पादित स्याउबाट बनेको मनाङ भ्याली वाइनको स्वाद पनि उत्तिकै बेजोड रहेको कम्पनीले जानकारी दिएको छ । मनाङ भ्याली वाइनले पर्यटकीय गन्तव्यको रूपमा मात्र चिनिएको मनाङ भ्यालीलाई एउटा अलग पहिचान प्रदान गर्दै मनाङको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान गर्ने कम्पनीको दाबी छ । मनाङ भ्याली वाइनको आगमनले स्थानीय रूपमा उत्पादित सामग्रीहरूको प्रयोगबाट नै विश्वस्तरीय उत्पादन बनाउन सकिन्छ भन्ने कुराको पनि उत्कृष्ट उदाहरण दिएको छ । मनाङ भ्याली वाइन ह्वाइट कलरमा स्विट र सेमी स्विट भर्सनमा उपलब्ध छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया