जंगल सफारी लजको दशैँ धमाका
काठमाडौं । आन्तरिक पर्यटन प्रवर्द्धन तथा घुम्ने संस्कृति विकास गर्न चितवनको सौराहामा रहेको जङ्गल-सफारी लजले ‘दशैँ धमाका’ योजना ल्याएको छ । यो योजना कात्तिक १ देखि ३० गतेसम्म लागू हुने बताइएको छ ।
यस योजनाअन्तर्गत नेपाली पर्यटकले प्रतिव्यक्ति दुई रात तीन दिनको प्याकेज मात्र १२ हजार रुपैयाँमा सौराहा घुम्न पाउनेछन् । चार वर्षमुनिका बालबालिकाहरुलाई निःशुल्क र ५ देखि ९ वर्षको हकमा २५ प्रतिशत छुट गरिएको लजले बताएको छ । यस प्याकेजमा सहभागी हुनेले दुईवटा लन्च, दुईवटा डिनर र ब्रेकफास्टसहित निकुञ्जभित्रको जीप सफारी, डुंगा सयर, जंगल पदयात्रा, हात्ती प्रजनन केन्द्र भ्रमण, थारु नाच, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउने जङगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले जानकारी दिए । सहुलियत मूल्यमा स्विमिङ पुल, पूर्ण वातावरण अनुकूलित कोठा, रेस्टुरेन्ट र वाईफाई सुविधा हुनुका साथै पर्यटकले सौराहाको अन्य गतिविधिमा सहभागी हुनसक्ने पनि उनको भनाइ छ । एक दशकदेखि दशैँ तिहारको समयमा यस्तै योजना ल्याउँदै आएको उनले जानकारी दिए । जंगल सफारी लजले विभिन्न सभा गोष्ठीको लागि सेमिनार हलमा समेत यो अवधि भर विशेष छुट दिने बताएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
- सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया