जनकपुरमा महिन्द्राको नयाँ ट्विन पिक्स ब्रान्डेड सोरूम
काठमाडौं । अग्नि ग्रुपले धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा नयाँ ट्विन पिक्स ब्रान्डेड सोरूम सञ्चालनमा ल्याएको छ ।
कम्पनीले मंगलबार महिन्द्राको फ्ल्यागसिप ग्लोबल एसयूभीहरु स्कर्पियो एन, एक्सयूभी ७०० (एक्सयूभी, सेभेन डबल ‘ओ’) र एक्सयूभी ३०० (एक्सयूभी, थ्रि डबल ‘ओ’ ) सार्वजनिक गरी सो बिक्री, सेवा र पार्टपुर्जासहितको सोरुम सञ्चालनमा ल्याएको हो । काठमाडौंमा र इटहरीपछि यो सोरुम क्षेत्रीयस्तरमा दोस्रो आधिकारिक सोरूम बनेको कम्पनीले जनाएको छ । नयाँ ट्विन पिक्स ब्रान्डेड महिन्द्राका एक्सयूभी सोरुमको उद्घाटन पूर्वपररास्ट्र मन्त्री रघुविर महासेठ, महिन्द्रा एन्ड महिन्द्राका भाइस प्रेसिडेन्ट–अन्तर्राष्ट्रिय अपरेसन अटोका जोयदीप मोइत्रा, कन्ट्री हेड चैतन्य कगलकर र अग्नि ग्रुपका डेपुटी सेल्स डाइरेक्टर बर्दान बस्नेतलगायतले संयुक्तरुपमा गरेका थिए ।
कार्यक्रममा महिन्द्रा एन्ड महिन्द्राका उपाध्यक्ष जोयदीप मोइत्राले कम्पनीले उपभोक्ताको चाहनामा आधारित विभिन्न शृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा ध्यान केन्द्रित गरेको बताए । अग्नि ग्रुपले आफ्नो ट्विन पीक ब्रान्डको आफ्नो क्षितिजलाई नेपालभरका धेरै स्थानहरूमा विस्तार गर्न सक्रियरूपमा लागेको र यसमा महिन्द्राको पूर्णरुपमा साथ हुने उल्लेख गरे । ऋचा मोटर्सका प्रबन्ध निर्देशक राजेश अग्रवालका अनुसार अग्नि इन्कर्पोरेटिभको जनकपुर डिलरले नयाँ चुनौतीहरुलाई सामना गर्ने महत्वाकांक्षा र क्षमता झल्काउँछ । जनकपुरको यो सुविधासम्पन्न आउटलेटले अन्तर्राष्ट्रियस्तरको सेवासहितको कम्पनीमा पहुँच प्राप्त गर्न थप सुविधा उपलब्ध गराउने उनले बताए । यस क्षेत्रमा नयाँ ट्विन पिक्स सोरुम स्थापनाले आगामी दिनमा ग्राहक र कम्पनीबीचको विश्वासलाई थप मजबुत बनाउन र विद्यमान तथा नयाँ उद्यमीलाई फाइदा पुग्ने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया