पठाओ दशैँ महोत्सवमा बोगटी र सिंहले जिते यामाहा रे जेडआर
काठमाडौं । ‘पठाओ दशैँ महोत्सव–२०८०’को बम्पर पुरस्कारअन्तर्गत पठाओ क्याप्टेन नवराज बोगटी र पठाओ राइडर विशन सिंह कोट्टारीले यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर जितेका छन् ।
काठमाडौं उपत्यकामा सेवा प्रदान गरिरहेका बाइक राइडर, पठाओ क्याप्टेन (ट्याक्सीचालक) र पठाओ हिरो (फुड डेलिभरी पर्सन) गरी तोकिएको मापदण्ड पूरा गरेका कुल पाँच सय ८५ जनामध्ये गोलाप्रथाद्वारा बम्पर पुरस्कार प्रदान गरिएको हो । दशैँको अवसरमा तीन वर्षदेखि दशैँ महोत्सव गर्दै आएको र आगामी दिनमा पनि यो कार्यक्रमको निरन्तरता दिइने पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताए । पठाओ नेपालसँग आबद्ध भई फ्रन्टलाइनमा खटिनेहरूको सम्मानमा बम्पर पुरस्कारको लागि सहकार्य गरिएको यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेज प्रालिका जनरल म्यानेजर (सेल्स एन्ड बिजनेस डेभलपमेन्ट) दिपक रौनियारले बताए ।
विजेता दुवै जनालाई पठाओ नेपालका असिममान सिंह बस्न्यात र एमएडब्लू इन्टरप्राइजेज प्रालिका दिपक रौनियारले यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर हस्तान्तरण गरेका छन् । गोलाप्रथाद्वारा प्रदान गरिएको बम्पर पुरस्कारको कार्यक्रम पठाओ नेपालको सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो । बम्पर पुरस्कार बिजेता पठाओ क्याप्टेन नवराज बोगटी २०२२ मेमा पठाओमा आबद्ध भई करिब तीन हजार ट्याक्सी राइड पूरा गरेका चालक हुन् । त्यस्तै बम्पर पुरस्कारकै अर्का बिजेता पठाओ राइडर विशन सिंह कोट्टारी २०२१ जनावरीदेखि पठाओमा आबद्ध भई पाँच हजारभन्दा बढी बाइक राइड पूरा गरेका राइडर हुन् । उक्त दशैँ महोत्सवको अफर असोजको ८ गतेदेखि २८ गतेसम्म चलेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया