Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगगोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु


काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)को आयोजनामा १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी–२०८० सुरु भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगनवरिपरि’ भन्ने नाराका साथ मंगलबारदेखि सुरु भएको सो प्रदर्शनी शनिबारसम्म चल्नेछ ।

नजिकिँदै गरेको तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जावलाखेलको खेल मैदान, ललितपुरमा सो प्रदर्शनीको आयोजना गरिएको हो । गोदावरी फूलको व्यावसायिक प्रवद्र्धन गर्न, समयअनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पु¥याउन प्रदर्शनी आयोजना गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । प्रदर्शनीमा व्यावसायिक स्टल ५५, प्रतियोगितात्मक स्टल र र सूचनामूलक पाँच गरी ६२ वटा प्रदर्शनी कक्ष रहेका छन् ।

यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको पाँचवटा प्रजातिमा प्रतिस्पर्धा गराई पुरस्कृत गर्ने फ्यानका अध्यक्ष मिनबहादुर तामाङले बताए । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरूमा १० मिनियचर, २० स्पाईंडर, ३० रिफ्लेक्स, ४० इन्कर्म र ५० गोदावरीको कट फ्लावर प्रजाति रहेका छन् । मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरूलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टलतर्फ पनि प्रतिस्पर्धा गराइने बताइएको छ । प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा उत्कृष्ट हुने नर्सरी र फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ ।

गोदावरी फूलको प्रदर्शनीमा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोडभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ । पुष्प विकास केन्द्र सहआयोजक रहेको उक्त प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको सहयोग रहेको छ भने सेवा कोकोपिटले प्रयोजन गरेको छ । यसैगरी कृषि विकास बैंक बैंकिङ साझेदार रहेको एसोसिएनसले जनाएको छ । हाल नेपालमा ४८ जिल्लाको करिब दुई सय २१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको फ्यानको तथ्याकं छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया