Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडिसहोम फाइबर नेटको अफरको अवधि थप

डिसहोम फाइबर नेटको अफरको अवधि थप


काठमाडौं । डिसहोम फाइबरनेटले दशैका लागी ल्याएको अफर अवधि छठ पर्वसम्मको लागी थप गरेको छ । कम्पनीले बडादशैँको अवसर पारेर डिसहोम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने अफर ल्याएको थियो ।

उक्त अफरमा ग्राहकहरूबाट अत्यधिक प्रतिक्रिया आएको भन्दै कम्पनीले एक वर्षको नयाँ कनेक्सन वा रिचार्ज गर्दा १२ महिना बोनस पाउने डिसहोम फाइबरनेटको ‘फेस्टिभ १२ महिने प्याकेज’ अफरलाई छठ पर्वको दिनसम्म अर्थात मंसिर ३ गतेसम्मका लागि थप गरेको जनाएको छ । उक्त अफर घटस्थापनाको अवसर पारेर डिसहोम फाइबरनेटले आफ्ना ग्राहकहरूका लागि ल्याएको थियो । अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएसदेखि तीन सय एमबीपीएससम्मका प्याकेजहरू जडान गर्न सक्नेछन् । जसमा ग्राहकले ५० एमबीपीएसदेखि दुई सय ५० एमबीपीएससम्म फाइभ–जी राउटर पाउनेछन् भने तीन सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउनेछन् ।

अफरका बारेमा थप जानकारीको लागि डिएच फाइबरनेट डिलर दाइ वा ०१–५९७०३६५ मा सिधै फोन गर्न सक्ने डिसहोम फाइबर नेटले जनाएको छ । चाडपर्वमा थप उत्साह ल्याउने ‘फेस्टिभ २४ मन्थ प्याकेज’ अफरको फाइदा लिन डिएच फाइबर नेटको नयाँ कनेक्सन जोड्न कम्पनीले आग्रह समेत गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया