शौर्य सिमेन्टको मिथिला लोक चित्रकला प्रतियोगिता
काठमाडौं । शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले ‘शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता’ सञ्चालन गर्ने भएको छ । कम्पनीले यस वर्षदेखि आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश प्रदेशलाई लक्षित गरी सो प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
यस प्रतियोगितामा मधेश प्रदेशका १६ वर्षभन्दा माथिका महिला वर्गहरू सहभागी हुन सक्ने बताइएको छ । प्रतियोगिता तीन विभिन्न चरणमा हुने जनाइएको छ । पहिलो चरणमा सहभागी महिलाहरूले आफ्नो विस्तृत जानकारी र चित्रकलाको प्रतिलिपि कम्पनीको वेभसाइट/फेसबुक पेजको क्युआर कोड स्क्यान गरी फारम भरी बुझाउन वा उपलब्ध फारम डाउनलोड गरी आवश्यक सम्पूर्ण जानकारी उल्लेख गरी ह्वाट्सएप नं. ९८०२३३५५८५ मार्फत पनि पठाउन सक्ने बताइएको छ । यसका साथै भरिएको फारम र आफ्नो चित्रकला गाउँपालिका/नगरपालिकामार्फत बुझाउन मिल्ने सुविधा समेत मिलाइएको छ । फारम बुझाउने अन्तिम मिति २०८० मंसिर ८ गते रहेको छ ।
फारम साथ उपलब्ध गराइएको चित्रकलाको आधारमा सहभागीमध्ये ७५ सहभागीहरू दोस्रो चरणको लागि चुनिने छन् । दोस्रो चरणमा प्रवेश गरेका सहभागीहरूले कम्पनीले उल्लेख गरेको विषयमा मिथिला चित्रकला क्यान्भासमा कोर्नुपर्नेछ । दोस्रो चरणको प्रतियोगिता शौर्य सिमेन्टको उद्योगभित्र नै सञ्चालन हुनेछ । अन्तिम चरणका लागि ७५ सहभागीमध्ये उत्कृष्ट १५ सहभागीहरू चुनिने छन् । यस चरणमा सहभागीहरूले शौर्य सिमेन्टको उद्योगको भित्तामा मिथिला चित्रकला बनाउनुपर्नेछ । उनीहरूले बनाएको चित्रकलाको मूल्याङ्कन निर्णायक समितिद्वारा गरी सोहीअनुरूप पुरस्कृत समेत गरिने कम्पनीले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पाउनेछन् । साथै, १२ जनालाई सान्त्वना स्वरूप हरेकलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया