चाङ्गानद्वारा थाइल्याण्डमा कार प्लान्ट स्थापना
काठमाडौं । चाङ्गानले थाइल्याण्डमा आफ्नो पहिलो कार प्लान्टको शिलान्यास गरेको छ । कम्पनीको लगभग ६०० एकडमा फैलिएको यो नयाँ प्लाण्टबाट, रंग, इन्जिन असेम्बल, असेम्बल र ब्याट्री असेम्बल तथा अन्य कामहरू हुने बताइएको छ ।
कम्पनीका अनुसार यो उद्योगले २०२५ मा मात्रै पहिलो चरणमा कार उत्पादन गर्न सुरु गर्नेछ । यसले वार्षिक एक लाख युनिट कार उत्पादन गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । दोस्रो चरणमा ५६३ मिलियन डलरको कुल लगानीका साथ प्लान्टको क्षमता प्रतिवर्ष दुई लाख युनिटमा पुग्ने बताइएको छ । यसले एसियन बजार र विश्वव्यापी दायाँ–हात ड्राइभ बजार दुवैलाई सेवा प्रदान गर्ने बताइएको छ ।
कम्पनीका अनुसार थाइल्याण्ड लामो समयदेखि यसको औद्योगिक शृङ्खला र भौगोलिक फाइदाहरूका कारण दक्षिणपूर्वी एसियामा प्रमुख अटोमोबाइल उत्पादनको आधार भएको छ । थाइल्याण्डमा चाङ्गानको लगानी सन् २०३० सम्ममा दक्षिणपूर्वी एसियाली राज्यमा उत्पादित ३० प्रतिशत सवारी साधनलाई विद्युतीय सवारी साधनमा परिणत गर्ने थाई सरकारको लक्ष्यलाई थप मजबुत बनाउने बताइएको छ ।
थाइल्याण्डमा चाङ्गानको पहिलो कार प्लान्टको रूपमा भित्रिएको लगानीले क्षेत्रीय र विश्वव्यापी ईभी उत्पादन हब बन्न थाइल्याण्डको क्षमता र तत्परतालाई प्रतिविम्बित गर्ने कम्पनीको दाबी छ । नेपालमा, चाङ्गानका लागि आधिकारिक वितरक एमएडब्लु भ्रिद्धी अटोकर्प हो । २०२४ को पहिलो त्रैमासिक, एमएडब्लु एस सेभेन र एसएल ०३ २०२४ पहिलो त्रैमासिकमा सार्वजनिक गर्ने योजना रहेको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया