Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदराज ११.११ सेलमा करोडौँको छुट

दराज ११.११ सेलमा करोडौँको छुट


काठमाडौं । ई–कमर्स प्लेटफर्म दराजले सार्वजनिक गरेको दराज ११.११ सेलमा ग्राहकहरूले करोडौँको छुट पाएको कम्पनीको दाबी छ । गत कार्तिक २५ गते सार्वजनिक यो वर्षको ११.११ सेलमा ५० लाख नेपालीले दराजबाट सामान खरिद गरेको कम्पनीले जनाएको छ ।

यो तथ्याङ्कले नेपालीहरूको डिजिटल प्लेटफर्मप्रति बढ्दो विश्वास र ई–कमर्स मोहलाई देखाएको कम्पनीको भनाइ छ । बिक्रेताहरूको अनलाइन व्यवसाय बढाउन मद्दत गर्ने उद्देश्यले विभिन्न ब्राण्ड तथा क्रेताहरूलाई प्रशिक्षण प्रदान गरेर दराजले १९ हजार विक्रेताहरूको सञ्जाल निर्माण गरेको छ । दराजले ई–कमर्सलाई पहुँचयोग्य बनाउन र स्थानीय समुदायहरूलाई उत्कृष्ट मूल्यमा विविध सामानहरू प्रदान गरेर उनीहरूको जीवनको गुणस्तर सुधार्न समेत सफल भएको दाबी गरेको छ । ११.११ सेलमा तेल, घिउजस्ता रासनका सामानहरू अत्याधिक बिक्री गरेको दराज, दैनिक आवश्यकताका सामानहरूको गन्तव्य बनेको देखिन्छ ।

दराजले राजधानीबाहिरका विक्रेताहरूलाई पनि समान अवसर प्रदान उद्देश्यले देशका १०८ स्थानहरूबाट सेवा प्रवाह गर्ने गरेको छ । यसले गर्दा सेलको अवधिमा काठमाडौं उपत्यकाबाहिरका खरिदकर्ताहरूको संख्यामा छ सय प्रतिशतको भारी वृद्धि देखिएको छ । सेल सुरु भएको १९ मिनेटमै दराजले पहिलो ५०० अर्डर प्राप्त गरेको थियो । साथै, सामान्य समयको तुलनामा ११.११ सेलमा दराजको बिक्री पनि ४६ प्रतिशतको वृद्धि भएको कम्पनीले जनाएको छ । दराजकी प्रबन्ध निर्देशक आँचल कुँवरले कम्पनीले उत्कृष्ट मूल्यमा सर्वोत्कृष्ट सामान उपलब्ध गराउने गरेको बताइन् । यस वर्षको सेलमा ग्राहकहरूको आर्कषण बढेको उनको भनाइ थियो । सेलमा आठ सयभन्दा धेरै डेलिभरी कर्मचारीहरू खटिएका थिए । दराजले सेलमा काठमाडौंदेखि महेन्द्रनगरसम्म करिब ५२२ किलोमिटरको सबैभन्दा लामो यात्रा तय गरेर सामान डेलिभरी गरेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया