Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजनकपुरमा ‘बेलाको’ दोस्रो सोरुम

जनकपुरमा ‘बेलाको’ दोस्रो सोरुम


काठमाडौं । जनकपुरमा बेलाको होम अप्लायन्सको दोस्रो सोरुम सञ्चालनमा आएको छ । सोरुमको उद्घाटन नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले रिबन काटेर गरेका थिए । बेलाको ब्राण्डका दैनिक प्रयोगमा आउने घरायसी विद्युतीय सामग्री शाखाको उद्घाटनसँगै मधेशमा बिक्री वितरण सुरु भएको बेलाको होम अप्लायन्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अब्दुल बासिदले जानकारी दिए ।

होम अप्लायन्सेसले जनकपुरमा नयाँ शाखा विस्तार गरेर मधेशका बासिन्दालाई उत्कृष्ट उत्पादन उपलब्ध गराउन थालेको उनको भनाइ छ । बेलाको होम अप्लायन्सेस एउटा ब्रान्ड मात्र नभएर एउटा सबैको मनमुटुमा बस्ने प्रोडक्ट भएको उनले दाबी गरे । बेलाको ब्राण्ड प्रयोग गर्ने हरेक परिवारका सदस्यले कम्पनीका सामग्रीमा उत्कृष्टता, गुणस्तर र नवीनताको अनुभूति गर्ने उनको भनाइ छ । यस्तै, उनले बेला ब्राण्डको निकट भविष्यमा नेपालमा उत्पादन गर्नेसम्मको तयारी गरेको बताए । नेपालमा लगानीको वातावरण नभए पनि देशभित्रै केही गर्न सकिन्छ भन्ने सन्देश युवाहरूलाई प्रवाह गर्न चाहेको उनको भनाइ छ । उनले नेपालमा विदेशी लगानी भित्र्याउन अझै पनि समस्या रहेको बताए ।

बेलाकोका कन्ट्री हेड लक्ष्मण सापकोटाले बेलाको ब्राण्डमा ४३ थरीका सामानहरू उपलब्ध रहेको बताए । उनले सामग्री टिकाउ र भरपर्दो रहेको भन्दै ढुक्क भएर खरिद गर्न आग्रह गरे । बेलाले नेपालमा करिब २५ करोडको लगानी गरेको बताइएको छ । बेलाको ब्राण्डका सामग्री तथा उपकरणहरू बेलायत र कतारमा निकै लोकप्रिय छन् । बेलाको टेलिभिजन, रेफ्रिजेरेटर, एयर कन्डिसनर, पेस्ट फ्रिजर, गिजर, हिटरलगायतका घरायसी प्रयोगका सामग्री उत्पादन गर्दै आएको छ । बेलाको ब्राण्ड प्रवर्द्धनका लागि ब्राण्ड एम्बेस्डरमा प्रदीप खड्का रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया