Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगललितकला र सिद्धार्थ फाउन्डेसनबीच सहकार्य

ललितकला र सिद्धार्थ फाउन्डेसनबीच सहकार्य


काठमाडौं । नेपाली कलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्ट फाउन्डेसनबीच सहकार्य गर्ने सम्झौता भएको छ । सो सम्झौतामा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र फाउन्डेसनका अध्यक्ष सङ्गिता थापाले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा कुलपति हार्तम्छालीले कला क्षेत्रको विकास तथा विश्वभर प्रचारप्रसार गर्न सार्वजनिक–निजी साझेदारी अपनाउन आवश्यक भएको बताए । उनले भने, ‘विश्वमा हाम्रो कलालाई चिनाउन सरकारी तथा गैरसरकारी सङ्घ–संस्थासँगको सहकार्य आवश्यक छ ।’ यस्तै, फाउण्डेसनकी अध्यक्ष थापाले मौलिक कलालाई सङ्घ, प्रदेश हुँदै स्थानीय तहमा परिचित गराउने तथा त्यसलाई अन्तर्राष्ट्रिय जगतमा लैजान यो सहकार्य गरिएको बताइन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया