Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसनसिल्कको दशैं विशेष योजनाका तीन विजेता घोषणा

सनसिल्कको दशैं विशेष योजनाका तीन विजेता घोषणा


काठमाडौं । युनिलिभरको ब्राण्ड सनसिल्कले दशैंको बेला सार्वजानिक गरेको सनसिल्क दशैं भाइब्स नामक डिजिटल योजनाका विजेताहरू घोषणा गरेको छ ।

कम्पनीले हालै सजिना खनाल, सुस्मिता बन्जरा र विजया प्रधानलाई सनसिल्क दशैं भाइब्स ३ को विजेता घोषणा गरेको हो । विजेताहरूले जनही एक लाख रुपैयाँका साथै, अर्को वर्षको सनसिल्कको प्याकमा प्रस्तुत हुने मौका र सनसिल्क ग्याङ अफ गल्र्सको हिस्सा हुने अवसर पाएका छन् । कम्पनीले यो योजना सन् २०२१ देखि सञ्चालन गर्दै आएको छ । युनिलिभर नेपालका मार्केटिङ प्रमुख, सौरभ करन्जितका अनुसार सनसिल्क नेपालको सबैभन्दा ठूलो सौन्दर्य ब्रान्ड हो । यसलाई लाखौं उपोभोक्ताले रूचाएको उनको दाबी छ । उपभोक्ताहरूको स्थानीय चाडपर्व र संस्कृतिसँग जोडिएको हेर्न चाहेकाले सनसिल्क दशैं भाइब्स र सनसिल्क ग्याङ अफगल्र्सद्वारा कम्पनीले आफ्नो चाहना पूरा गर्ने प्रयास गरेको उनले बताए । सनसिल्क दशैं भाइब्सका विजेताहरू कम्पनीको ब्रान्ड एम्बेसडर, प्रिन्सी र प्रिज्मासँगै उभिएर सनसिल्क ग्याङ अफ गल्समा सामेल हुनेछन् ।

कम्पनीका अनुसार सनसिल्क दशैं भाइब्सको पहिलो संस्करणको सफलताले दोस्रो संस्करणलाई अझै भव्य बनाउने मार्ग प्रस्तुत गरेको थियो । यस वर्षको सनसिल्क दशैं भाइब्स प्रतियोगिता ‘लेट्स सेलिब्रेट हेयर, लेट्स सनसिल्क’ भन्ने विषयवस्तुमा सञ्चालन गरिएको थियो । प्रतियोगितामा चार हजार चार सय ८५ जना सहभागी भएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया