Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडेडिकेटेड र ट्रंक लाइन महसुल छानबिन गर्न समिति गठन हुनु स्वागतयोग्य : चेम्बर

डेडिकेटेड र ट्रंक लाइन महसुल छानबिन गर्न समिति गठन हुनु स्वागतयोग्य : चेम्बर


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले डेडिकेटेड र ट्रंक लाइन विद्युत्को महसुल सम्बन्धमा न्यायोचित समाधानका लागि छानबिन समिति गठन गर्ने सरकारको कदम स्वागतयोग्य भएको बताएको छ । उच्चस्तरीय न्यायिक आयोग गठनमार्फत विद्युत् महसुल समस्या समाधान हुनेमा विश्वस्त रहेको चेम्बरले जनाएको छ ।

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लोडसेडिङको समयमा केही उद्योगमा जडित डेडिकेटेड र ट्रंक लाइन विद्युत् महसुलबारे विद्युत् प्राधिकरण र उद्योगीबीच मतभिन्नता हुँदा यसले समग्र लगानी र व्यवसायामैत्री वातावरणमा असर गर्ने देखिएको थियो । ढिलै भए पनि समस्या समाधान हुनेमा विश्वस्त छौँ ।’ सर्वोच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले निर्धारित समयमा आफ्नो छानबिन पूरा गरी न्याय निरुपण गर्ने चेम्बरले उल्लेख गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया