Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओमोडा ई५ ईभी नेपाल ल्याइँदै

ओमोडा ई५ ईभी नेपाल ल्याइँदै


काठमाडौं । ओमोडा एन्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप भेरियन्ट ओमोडा ई५ ईभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

ओमोडा ई५ ईभी नेपालमा १८० एमएम ग्राउन्ड क्लियरेन्सको साथ लन्च हुने बताइएको छ, जुन यसका प्रतिस्पर्धीहरूमध्ये सेगमेन्टमा उत्कृष्ट छ । ६१ किलोवाटआवर ब्याट्री क्षमता, ९९ किलोवाट मोटर पावर, र तीन सय ४० न्युटन मिटर टर्कको साथ, यसले पाँच सय १० किलोमिटर र चार सय ३० किलोमिटरको दायरा प्रदान गर्छ । ओमोडा ई५को एक्टेरियर (बाहिरी) डिजाइन ‘लाइट अफ मुभमेन्ट’ नामक आधुनिक डिजाइन–दर्शनमा आधारित रहेको छ । यसको एक्स–आकारको फ्रन्ट फेस, डायनामिक फास्टब्याक आकार, स्ट्यागर्ड–मेट्रिक्स–टेललाइट, टी–आकारको डेटाइम–रनिङ–हेडलाइट ले उक्त डिजाइन सिद्धान्त दर्शाउँछ ।

कम्पनीका अनुसार यो गाडीमा २४ दशमलव छ इन्चको डुअल स्क्रिन, दुई सय ५६ रङको एम्बियन्ट लाइट, प्रिमियम आठ सोनी स्पिकरसहितको क्रोम डोर ह्याण्डल, विद्युतीय सनरुफ, ५० किलोवाटको वायरलेस चार्जर, भेन्टिलेटेड सिटहरूसहितको इन्टेरियर डिजाइन रहेको छ । साथै, यसमा १७ एडीएएस सुविधाहरू पनि उपलब्ध छन् । जसमाः ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट, डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम अभोइडेन्स असिस्टेन्ट, छ वटा एयरब्याग आदि रहेको कम्पनीले जनाएको छ । ओमोडा ई५ मा २८ मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुने ‘अल्टिमेट फास्ट चार्जिङ’ सुविधा पनि रहेको छ ।

ओमोडा ई५ को सजिलो खरिद तथा स्वामित्व अनुभव सुनिश्चित गर्न, एसपीजी अटोमोबाइल्सले नेपालमा आफ्नो पूर्वाधार र सेवा सञ्जाल विस्तार गर्ने योजना बनाएको छ । साथै, यो गाडीलाई नेपाली भू–भागको सडक अनुकुल बनाइएको छ । यो विद्युतीय गाडीको परिचय र प्राविधिक विवरणहरूको सूचना प्रदान गर्न ओमोडाको चीन समूहले गत डिसेम्बर २८ मा अनलाइन लाइभ–स्ट्रिम (प्रत्यक्ष प्रसारण) कार्यक्रम सञ्चालन गरेको थियो । ओमोडा नेपाल बिजनेसका प्रबन्ध निर्देशक केपान र ओमोडाका ब्रान्ड म्यानेजर रायन वाङद्वारा आयोजित लाइभस्ट्रिम कार्यक्रम चीनमा भएको थियो । उक्त प्रत्यक्ष प्रसारणमा उच्च प्राविधिक सुविधाहरू, सुरक्षा र आधुनिक डिजाइनसहितको ओमोडा ५ ईभी प्रस्तुत गरिएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया