Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआइएमई इलेक्ट्रिकको डिलर्स मिट

आइएमई इलेक्ट्रिकको डिलर्स मिट


काठमाडौं । मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आइएमई ग्रुपअन्तर्गतको आइएमई इलेक्ट्रिकले डिलर्स मिट कार्यक्रम गरेको छ । कम्पनीले हालै राजधानीमा आयोजना गरेको कार्यक्रममा उपत्यकाका विभिन्न डिलरहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले देश मन्दी समापनको अवस्थामा पुगेको समयमा विश्वकै एक प्रतिष्ठित लुब्रिकेन्टसँग जोडिएर आइएमई ग्रुप नयाँ बाटोमा प्रवेश गरेको बताए । आइएमई अटोमोबाइल डिभिजनका सीईओ हेमन्त पुराणिकले विगत २५ वर्ष अघिदेखि विभिन्न व्यवसायमा संलग्न आइएमई ग्रुप अब लुब्रिकेन्ट व्यवसायमा समेत प्रवेश गरेको बताए । उच्च गुणस्तरीय लुब्रिकेन्ट उपलब्ध गराउँदै आएको प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्ड मोटुलसँग जोडिन पाएको उल्लेख गरे ।

मोटुल इन्डिया प्रालिका सीईओ नागेन्द्र पाईले नेपालकै ठूलो र प्रतिष्ठित ग्रुपसँग जोडिएर रणनीतिक सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । साथै, भारत र अन्य देशमा प्रतिष्ठित रहेको मोटुल ब्रान्डलाई नेपालमा समेत प्रतिष्ठित बनाउनका लागि आवश्यक कार्य गर्ने उनले बताए । मोटुल इन्डियाका मार्केटिङ डाइरेक्टर प्रितम गोश्वामीले रियल सिन्थेटिक ब्रान्ड प्रयोग गर्ने पहिलो कम्पनी मोटुल भएको बताउँदै ‘युवाहरूको ब्रान्ड’ को पहिचान बनाएको मोटुलको विभिन्न विशेषताका बारेमा जानकारी दिए । आइएमई अटोमोबाइल डिभिजनका कार्यकारी निर्देशक निशान ढकालले डिलरहरूसँग मिलेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सोही अवसरमा विभिन्न डिलरहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो भने नयाँ उत्पादन र स्किम समेत सार्वजनिक गरिएको थियो । स्किममा राम्रो प्रतिक्रिया दिँदै, डिलरहरूले ठूलो मात्रमा अर्डर गरेका थिए । भारतमा उत्पादन हुने फ्रेन्च लुब्रिकेन्ट ब्रान्ड मोटुल विश्वका एक सय ७५ भन्दा बढी देशमा बिक्री–वितरण भइरहेको छ । टु–ह्विलर, फो–ह्विलर,ट्रक, बस, ट्रयाक्टरदेखि हेभी ड्युटी कमर्सियल भेइकलसम्ममा प्रयोग गर्न मिल्ने विभिन्न रेन्जका प्रिमियम लुब्रिकेन्ट्स मोटुलले उत्पादन गर्दै आएको छ । यी सबै रेन्ज नेपाली बजारमा समेत उपलब्ध हुने आईएमई इलेक्ट्रिकको भनाइ छ ।

सिन्थेटिक लुब्रिकेन्टका लागि आवश्यक एस्टर कोर टेक्नोलोजी मोटुलसँग मात्र छ । एस्टर कोर टेक्नोलोजीका कारण लामो समयसम्म इन्जिन प्रयोग भइरहेमा पनि समस्या आउँदैन । मोटुल ब्रान्डलाई युवाहरूसँग जोडिएको ब्रान्ड पनि भनिन्छ । यसैअनुसार विभिन्न इभेन्ट, रेसिङ आदिमा समेत मोटुलको लगानी रहेको पाइन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया