Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसफ्टवेरिका कलेजको ‘टेड एक्स सफ्वेरिका २०२४’ सम्पन्न

सफ्टवेरिका कलेजको ‘टेड एक्स सफ्वेरिका २०२४’ सम्पन्न


काठमाडौं । सफ्टवेरिका कलेज अफआईटी एण्ड ई–कमर्सले ‘टेडएक्स सफ्टवेरिका २०२४’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । ‘विगतलाई अंगाल्दै, भविष्य कल्पना गर्दै’ भन्ने विषयवस्तुमा आधारित भएर ‘टेड एक्स सफ्टवेरिका २०२४’ आयोजना गरिएको थियो ।

कार्यक्रममा सपना देख्ने र सपना पूरा गर्ने विभिन्न क्षेत्रका दिग्गज व्यक्तिहरू वक्ताका रूपमा उपस्थित भई आ–आफ्नो अनुभव र बुझाइ बाँडेका थिए । कार्यक्रममा वक्ताका रूपमा रहेकी हाइभलयका सह–संस्थापक प्रणयना केसीले महिला नेतृत्व, समानताको महत्व र वित्तीय क्षेत्रमा महिलाको भूमिकाबारे बताएकी थिइन् । नेपाल टी कलेक्टिभका सह–संस्थापक अमिगो खड्काले केही फरक गर्ने सपना लिएर नेपाल फर्केको आफ्नो प्रेरणादायी यात्रा सुनाएका थिए । उनले नेपाली युवाहरूले सामना गरिरहेका हालका चुनौती र श्रम संस्कृतिलाई पुन:परिभाषित गर्नुपर्ने आवश्यकताबारे बताएका थिए ।

नविल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले खुसी खोज्ने र आफ्नो सर्वश्रेष्ठ संस्करण हुनुपर्नेबारे विचार राखेका थिए । उनले स्वास्थ्य, धन, शक्ति र राम्रो गर्ने इच्छा सबै महत्वपूर्ण कुरा भएको तर अन्तत जीवनमा साँच्चै के महत्वपूर्ण छ भनेर गम्भीर हुनु पर्ने धारणा व्यक्त गरेका थिए ।

त्यस्तै, भूकम्प पीडितहरूलाई सहयोग गरेको तथा महिला सशक्तीकरणबारे हृदयस्पर्शी कथाको क्रोमाकी संस्थापक तथा सामाजिक अभियन्ता रेवती गुरुङले सुनाएकी थिइन् भने खल्ती डिजिटल वालेटका प्रमुख विनय खड्काले सबैलाई आफूमा विश्वास गर्न, विगतबाट पाठ सिक्न, वर्तमानमा आनन्द लिन र भविष्यका लागि तयार रहन प्रोत्साहन गरेका थिए ।

थमेल डटकमका सह–संस्थापक बालकृष्ण जोशीले विश्वव्यापीकरणबारे कुरा गर्दै नेपालमा काम गरेर विश्वभर पैसा कमाउने बारे सुनाएका थिए । यससँगै नेपालको प्रविधि कम्पनी र फ्रीलान्सरहरूले २०२२ मा आधा अर्ब डलरभन्दा बढी आम्दानी गरेको बताउँदै विश्वव्यापीकरणले देशको अर्थतन्त्रलाई ठूलो टेवा पुर्याउने बताएका थिए ।

कार्यक्रमबारे कलेज प्रमुख प्रमोद पौडेलले ‘टेड एक्स सफ्टवेरिका’ वक्ताको कुराकानी सुन्ने मात्र नभएर विचारहरूको आदानप्रदान गर्ने र सम्बन्धन बनाउने एउटा प्लेटफर्म भएको भन्दै यो कार्यक्रम सकारात्मक उर्जा र ज्ञानमूलक छलफल कार्यक्रमको सफलताको प्रमाण भएको बताएका थिए ।

साथै, समुदायको वृद्धि र विकास गर्न योगदान पुर्याउने, प्रविधि र नवप्रवर्तनको बारेमा छलफललगायत यस्ता कार्यक्रमहरु आगामी दिनहरुमा पनि जारी राख्ने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, प्रविधि / शिक्षा
ट्याग : #page 3

तपाईको प्रतिक्रिया