Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगयति ब्रुअरी लिमिटेडको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त

यति ब्रुअरी लिमिटेडको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त


यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधिमार्फत साधारण सेयर निष्काशन गर्ने भएको छ । सो सेयर निष्काशनका लागि कम्पनीले एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।सेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा यति ब्रुअरी लिमिटेडका प्रबन्ध सञ्चालक सञ्जीव सर्राफ र एनआईएमबी एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

यति ब्रुअरी लिमिटेडले हाल अर्ना, यति, वाईबी, शिखरलगायत किंगफिसरजस्ता चर्चित ब्राण्डका बियर बोतल तथा क्यानमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । उक्त सम्झौताअन्तर्गत एनआइएमबी एस क्यापिटल लिमिटेडद्वारा बुक बिल्डिङ विधिमार्फत यति ब्रुअरी लिमिटेडको साधारण सेयरहरू सार्वजनिक निष्काशन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण कार्यहरूमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गरिनेछ । यति ब्रुअरी लिमिटेडको रजिस्टर्ड कार्यालय अटल कम्प्लेक्स उत्तरढोका, लाजिम्पाट, काठमाडौंमा रहेकोे छ भने फ्याक्ट्री खैरहनी नगरपालिका वडा नं. ४ चितवन जिल्लामा अवस्थित छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया