Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटीभीएसको ‘तिमी, म र टीभीएस’ योजना

टीभीएसको ‘तिमी, म र टीभीएस’ योजना


काठमाडौं । नेपालको लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘तिमी, म र टीभीएस’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत टीभीएस बाइक तथा स्कुटरको खरिदमा सात हजार रुपैयाँसम्मको नगद छुट पाइनेछ ।

साथै, कम ईएमआई सुविधामा मात्र तीन हजार नौ सय ९९ रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ । यो योजना एनटोर्क, रेडर, अपाचे १६० २भी, अपाचे १६० ४भी, अपाचे २०० ४भीजस्ता टीभीएसका उत्पादनहरूमा लागू हुने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार यो योजना गण्डकी, धौलागिरि र बागमतीबाहेक अन्य स्थानहरूमा लागू हुने बताएको छ । यस योजनासँगै कम्पनीले सबैभन्दा कम ईएमआई सुविधा तीन हजार नौ सय ९९ रुपैयाँलाई हाइलाइट गर्दै नेपालभर लागू हुने गरी ‘सेलिब्रेसन अफर’ पनि सार्वजनिक गरेको छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपाङ्ग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया