Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङ ग्यालेक्सी एस२४ सिरिजको प्रि–अर्डर खुला

सामसङ ग्यालेक्सी एस२४ सिरिजको प्रि–अर्डर खुला


काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस२४ सिरिजको प्रि–अर्डर खुला गरेको छ । कम्पनीले ग्यालेक्सी एस२४ अल्ट्रा, ग्यालेक्सी एस२४ प्लस र ग्यालेक्सी एस२४ को प्रि अर्डर खुला गरेको हो ।

ग्यालेक्सी एस२४ शृङ्खला प्रि–अर्डर गर्दा विभिन्न अफरहरू समेत पाइने कम्पनीले जनाएको छ । अफरअनुसार ग्यालेक्सी एस२४ अल्ट्राको प्रि–अर्डरमा डबल मेमोरी, बड्स एफई निःशुल्क पाइनेछ भने ट्याव ए८ एलटीई (४÷६४जीबी) मात्र २५ हजार रुपैयाँमा पाइने छ । यस्तै, ग्यालेक्सी एस२४ प्लस र ग्यालेक्सी एस२४ को प्रि–अर्डरमा भने बड्स एफई चार हजार रुपैयाँमा पाइनेछ । यसबाहेक प्रि–अर्डर गर्ने पहिलो पाँच सय ग्राहकहरूले एनसेल प्रिमियम नम्बर प्रतिदिन ७० मिनेट अल नेट भ्वाइस, सात सय एमबी डाटा, ७० एसएमएस छ महिनाका लागि तीन हजार पाँच सय रुपैयाँ निःशुल्क प्राप्त गर्न सक्नेछन् । प्रि–अर्डर माघ २३ सम्म वा स्टक रहँदासम्म मान्य रहने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्यालेक्सी एस२४ र एस२५ तीन वटा कलर अल्ट्रा टाइटेनियम ब्लाक, टाइटेनियम ग्रे र टाइटेनियम भायोलेटमा उपलब्ध हुनेछ भने ग्यालेक्सी एस २४ प्लस र एस२४ बेस दुईवटा कलरको बाल्ट भायोलेट र आम्बर एल्लोमा उपलब्ध हुनेछ । ग्यालेक्सी एस२४ (१२+५१२ जीबी)को मूल्य कम्पनीले एक लाख ९९ हजार नौ ९९ रुपैयाँ तोकेको छ । यस्तै, एस२४ अल्ट्रा (१२+२५६ जीबी) को मूल्य एक लाख ८४ हजार नौ सय ९९ रुपैयाँ, एस२४ प्लस (१२+२५६ जीबी)को मूल्य एक लाख ४२ हजार नौ सय ९९ र एस२४ बेस (८+२५६ जीबी)को मूल्य एक लाख १९ हजार नौ सय ९९ रुपैयाँ तोकेको जनाएको छ ।

कम्पनीका अनुसार एआईले ग्यालेक्सी एस२४ सिरिजलाई उत्कृष्ट बनाएको छ । ग्यालेक्सी एस२४ सिरिजले फोन कलको वास्तविक–समयमा नै दुईतर्फी आवाज र टेक्स्ट दुवै लाइभ ट्रास्लेटको साथ मोबाइल फोनको सञ्चारको तरिकालाई नै पुनः परिभाषित गरिदिएको कम्पनीको दाबी छ । यस्तै, सामसङ नोट्समा भएको नोट अस्सिस्टले एआई जेनरेटेड सारांश उपलब्ध गराई आफूले चाहेको फम्र्याटमा पनि राखिदिनेछ । भ्वाइस रेकर्डिङका लागि धेरै जना बोलिरहेको बेला पनि, ट्रान्स्क्रिप्ट अस्सिस्टले एआई र स्पिच–टु–टेक्स्ट टेक्नोलोजी प्रयोग गरी सारांश ट्रान्सक्राइब गरी रेकर्डिङहरू अनुवाद गर्न सकिनेछ । यस्तै, कम्पनीले पहिलो पटक कुनै अरु मोबाइल फोनमा नभएको सर्कल टु सर्च ल्याउँदै गुगलमार्फत खोज गर्ने तरिकालाई परिवर्तन गरिदिएको छ ।

ग्यालेक्सी एस२४ सिरिजमा भएको ग्यालेक्सी ए.आई एडिटिङ टुल्सले नचाहिने भाग मेटाउने, पुनःरचना गर्ने र रिमास्टरजस्ता सम्पादनहरू गर्ने कम्पनीको भनाइ छ । ग्यालेक्सी एस२४ अल्ट्रामा स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्मले सुसज्जित छ । यस्तै, सबै तीनवटा ग्यालेक्सी एस२४ मोडेलहरूमा, १–१२० हर्ज अनुकुली रिफ्रेस दरहरूले कार्यसम्पादन दक्षता सुधार गर्छ । ग्यालेक्सी एस२४ अल्ट्रामा एक दशमलव नौ गुणा ठूलो भापोर च्याम्बर आउँछ । ग्यालेक्सी एस२४ प्लसमा छ दशमलव सात इन्च, एस२४ मा छ दशमलव दुई इन्च र एस२४ अल्ट्रामा छ दशमलव आठ इन्च फ्ल्याटर डिस्प्ले छ ।

ग्यालेक्सी एस२४ शृङ्खलाले उत्पादनको जीवनचक्र विस्तार गर्ने सामसङको प्रतिबद्धता जारी राखेको छ । यसले प्रयोगकर्ताहरूलाई लामो समयसम्म आफ्ना ग्यालेक्सी उपकरणहरूको अनुकूलित कार्यसम्पादनलाई विश्वसनीयरूपमा अनुभव गर्न मद्दत गर्न सात जेनेरेसनका ओएस अपग्रेडहरू र सात वर्षको सुरक्षा अपडेटहरू प्रदान गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया