Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगराउन्ड टेबल नेपालद्वारा सुनगाभा विद्यालयलाई भवन हस्तान्तरण

राउन्ड टेबल नेपालद्वारा सुनगाभा विद्यालयलाई भवन हस्तान्तरण


काठमाडौं । राउन्ड टेबल नेपालले सुनगाभा बाटिका नेपाल विद्यालयको भवन निर्माणमा सहयोग गरेको छ । राउन्ड टेबलले विद्यालयका लागि छ वटा कक्षा कोठाको एक भवन, एक बहुउद्देश्यीय हल र शौचालय भवन निर्माण सम्पन्न गरी हस्तान्तरणको गरेको छ ।

करिब पाँच महिनाअघिबाट सुरु भएको निर्माण कार्य छोटो अवधिमा नै सम्पन्न गरेर राउन्ड टेबलले आफ्नो अर्ध–वार्षिक बैठकको अवसरमा भवन हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा राउन्ड टेबल इन्टरनेसनलका अध्यक्ष मार्क जर्मेहसेन, राउन्ड टेबल नेपालका अध्यक्ष नितेशकुमार अग्रवाल, राउन्ड टेबल काठमाडौ–१ का अध्यक्ष कन्हैया घिराईयालगायत अन्य राउन्ड टेबलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । साथै, संस्थाले विद्यालयका बालबालिकाहरूलाई स्कुल ब्याग, पुस्तक, स्टेसनरी तथा खाजा र खाना वितरण गरेको छ । हाल सुनगाभा बाटिका नेपालमा एक सय ५० बालबालिकाले अध्ययन गरिरहेका छन् । एकल अभिभावक भएका बालबालिका, श्रमिकहरूको बालबालिका तथा कुलतमा लागेका अभिभावकका बालबालिकाहरूलाई हेरचाह गर्ने उद्देश्यले १७ वर्ष अगाडि सुनगाभा बाटिका नेपाल विद्यालयको स्थापना गरिएको थियो ।

कमजोर पूर्वाधारका कारण बालबालिकाको शिक्षामा मात्रै नभई स्वास्थ्यमा समेत गम्भीर प्रभाव पर्ने देखिएपछि राउन्ड टेबलले विद्यालयलाई पूर्वाधार निर्माणमा सहयोग गरेको हो । करिब ४५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको यस विद्यालयको भवनमा राउण्ड टेबल नेपाल, राउन्ड टेबल अस्ट्रिया, राउन्ड टेबल पेरिस, एनआईएमबी बैङ्कलगायतको संस्थाहरूले आर्थिक सहयोग गरेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया