Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएचएनबीजीको शाखा र्याडिसन परिसरमा

एचएनबीजीको शाखा र्याडिसन परिसरमा


काठमाडौं । होक्काइडो नेपाल बिजनेस ग्रुप (एचएनबीजी)ले आफ्नो छैटौं शाखा इजाकाया होक्काइडो र्याडिसन होटेल परिसर लाजिम्पाटमा सञ्चालनमा ल्याएको छ ।

नेपालमा एचएनबीजीले सन् २०१९ देखि नेपालमा जापानिज खानाका रेस्टुरेन्टहरू सञ्चालन गर्दै आएको छ । पहिलो शाखाको रूपमा काठमाडौंको बुढानीलकण्ठस्थित पार्क भिलेज होटेल हातामा होक्काइडो रामेन हाउस रेस्टुरेन्ट सञ्चालनमा आएको थियो । संस्थाले अन्य शाखाको रूपमा देक्काइडो फार्म हाउस बुढानीलकण्ठ, ओमाकासे नक्साल, होक्काइडो हाउस सानेपा र होक्काइडो बेन्तो हाउस बौद्ध सञ्चालनमा ल्याएको थियो । यो संस्थाले क्युएक्सको रूपमा लबिम मल पुल्चोक र ली शेर्पा काठमाडौंमा अन्य शाखाहरू सञ्चालन गरेको छ । रेस्टुरेन्टलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्नका लागि एचएनबीजीको रुपन्देहीको भैरहवामा देक्काइदो एग्रो फार्म सञ्चालनमा छ ।

एचएनबीजीको गुणस्तर कायम गर्नका लागि सेन्टर किचन पनि सञ्चालनमा छ । जापानको होक्काइडोमा नेपाली फुड कल्चरलाई विस्तार गरेका अर्जुन अधिकारी नेतृत्वको समूहले सोही प्रेरणाका कारण नेपालमा जापानको फुड कल्चर विस्तारमा लागेका बताएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया