Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबिर्तामोडदेखि काँकडभिट्टासम्म महिन्द्रा ‘ट्रियो र्याली’

बिर्तामोडदेखि काँकडभिट्टासम्म महिन्द्रा ‘ट्रियो र्याली’


काठमाडौं । महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक विक्रेता अग्नि ग्रुपले महिन्द्रा इलेक्ट्रिक तीन पाङ्ग्रे अटो ट्रियोको बिर्तामोडदेखि काँकडभिट्टासम्म र्याली आयोजना गरेको छ । कम्पनीको इलेक्ट्रिक थ्रि–ह्विलर अटो ‘ट्रियो’ छोटो समयमा नैे नेपाली बजारमा उल्लेख्य सफलता हासिल गरेको छ । इलेक्ट्रिक अटोको प्रयोगलाई थप प्रोत्साहन गर्नका लागि कम्पनीले गत चैत्र २३ गते बिहान ८ देखि दिउँसो ३ः३० बजेसम्म बिर्तामोडदेखि काँकडभिट्टासम्म, ट्रियो र्याली आयोजना गरेको जानकारी दिएको छ । उक्त र्याली बिर्तामोडबाट सुरु भई बुट्टाबारी–चराली–धुलाबारी हुँदै काँकडभिट्टासम्म पुगेर पुन: बुधबारे–जयपुर–सनिश्चरे–सुरुङ्गा हुँदै बिर्तामोड आई औपचारिक कार्यक्रमका साथ समापन भएको थियो । र्यालीमा ३० जना ट्रियो चालकहरूले सहभागिता जनाएका थिए ।

कार्यक्रममा अग्नि ग्रुपका बिर्तामोडस्थित आधिकारिक विक्रेता एभरेस्ट अटो ट्रेड प्रालिले केही अटो चालकहरूलाई पुरस्कृत समेत गरेको थियो । यस्तै, कार्यक्रममा अग्नि ग्रुपले चालकहरूसँग प्रत्यक्षरूपमा महिन्द्रा इलेक्ट्रिक तीन पाङ्ग्रे अटो ट्रियो झापा क्षेत्रमा बिक्री र सेवाको विकास र विस्तार गर्ने बारेमा छलफल गरेको थियो । सोही अवसरमा एभरेस्ट अटो ट्रेड प्रालिले नयाँ दुई ग्राहकलाई महिन्द्रा अटो ट्राइओ हस्तान्तरण गरेको थियो । विद्युतीय ट्रियो अटो र्यालीले समुदायलाई विद्युतीय सवारीसाधन बारे प्रत्यक्षरूपमा हेर्न र अनुभव गने अवसर समेत प्रदान गरेको कम्पनीले जनाएको छ । र्याली समयावधिमा उक्त बाटोबाट यात्रा गर्ने इच्छुक यात्रुहरूलाई ट्रियोको निःशुल्क सवारीको सुविधा समेत उपलब्ध गराइएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया