Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनयाँ वर्षमा बजाजको एक लाख रुपैयाँसम्मको उपहार

नयाँ वर्षमा बजाजको एक लाख रुपैयाँसम्मको उपहार


काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नव आरम्भ’ योजना सार्वजनिक गरेको छ । बजाजले यस नयाँ वर्षमा ग्राहकहरूलाई विभिन्न आकर्षक छुट, उपहार र सुविधाहरू प्रदान गर्ने भएको छ ।

बजाजको ‘नव आरम्भ’ योजनाअन्तर्गत बजाजका कुनै पनि बाइक किन्दा आकर्षक छुट पाइनेछ भने भाग्यशाली विजेताहरूले एक लाख रुपैयाँसम्मको नगद उपहार पनि जित्न सक्नेछन् । त्यसका साथै ग्राहकहरूले ३६ महिनाको इएमआई अफरमा पनि बजाज बाइक खरिद गर्न पाउनेछन् । यसमा ग्राहकलाई किस्ताको रकम धेरै कम हुन आउनेछ । त्यसैगरी ३० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्ने विकल्प पनि ग्राहकहरूसँग उपलब्ध हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया