Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेक्सजेन म्यानेजमेन्टले युवा नवप्रवद्र्धकहरूको भेला गर्ने

नेक्सजेन म्यानेजमेन्टले युवा नवप्रवद्र्धकहरूको भेला गर्ने


काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि.ले काठमाण्डौंमा युवा नवप्रवद्र्धकहरूको भेला गर्ने भएको छ । आगामी बैशाख ८ गते बानेश्वरस्थित आनन्द भुमि बिजनेस सेन्टरमा कार्यक्रम आयोजना गर्न लागिएको हो । रोजगारीको खोजीमा युवाहरू विदेश पलायन भइरहेको अवस्थामा देशमा नै व्यवसाय संचालनको लागी युवाहरूलाई प्रेरित गर्न र व्यवसायको वातावरण बनाउने गरि नेक्सजेन म्यानेजमेन्टले युवा नवप्रवर्द्धकहरूको भेला गर्न लागेको जनाएको छ ।

भेलामा व्यवसाय संचालनको लागी सरकारी निकायबाट हुने झमेला तथा बैंक बित्तिय संस्थाबाट सजिलै कर्जा नपाउँदा हुने अप्mठ्यारोका बारेमा पनि छलफल हुने बताईएको छ । भेलामा युवाहरूको व्यवसायिक योजनाहरू प्रस्तुत हुने, छलफल गर्ने तथा संभाव्य देखिएका परियोजनाहरू स्थापना र संचालनको लागि बैंक वित्तिय संस्थासंग समन्वय गर्ने काम गरिने छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया