Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपाँच जनालाई स्किल हिरो अवार्ड

पाँच जनालाई स्किल हिरो अवार्ड


काठमाडौं । स्किल विक २०२४ पाँचौं संस्करणको समापन समारोहमा पाँच जनालाई स्किल हिरो अवार्डबाट सम्मानित गरिएको छ । ग्लोकल प्रालिद्वारा हालै आयोजित विशेष कार्यक्रमको बीच उपसभामुख इन्दिरा रानामगरले उनीहरूलाई सम्मान गरेकी थिइन् ।

पाँच विधामा पाँच व्यक्तित्वलाई स्किल हिरो अवार्ड उपाधिबाट सम्मानित गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार कला र संस्कृतिका लागि कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)लाई सम्मान गरिएको छ । समाजको परिवर्तनसँगै विभिन्न समस्यालाई कलाको माध्यमबाट हास्यव्यङ्ग्य गर्दै आफ्नो करियर समर्पित गरेकोमा उनीहरूलाई पुरस्कृत गरिएको थियो ।

त्यसैगरी उद्यमशीलता विधामा किंग्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्याललाई स्किल हिरोको उपाधि प्रदान गरिएको छ भने पर्यटन तथा हस्पिटालिटी विधाका लागि पर्यटनसम्बन्धी तालिम दिने कलेज नेपाल कलेज अफ ट्राभल एन्ड टुरिजम म्यानेजमेन्टकी संस्थापक तथा अध्यक्ष छाया शर्मालाई सम्मान गरिएको थियो । उनी काष्ठमण्डप विद्यालय रि सार्क च्याम्बर क्राफ्ट्स भिलेजकी संस्थापक पनि हुन् ।

त्यस्तै, विज्ञान तथा प्रविधि विधामा डा भगवान कोइराला पुरस्कृत भएका छन् भने अप्रेन्टिससिप विधामा पुष्पा चौधरीलाई पुरस्कृत गरिएको थियो । साथै, समारोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२४ नामक कार्यक्रम समेत सञ्चालन गरिएको थियो । एक हप्ते स्किल विक कार्यक्रममा विभिन्न सिपमूलक तालिमहरू, सिपयुक्त कार्यशाला, केस स्टडीलगायतका कार्यक्रम सञ्चालन गरिएको थियो । स्किल विक कार्यक्रम ३१ मार्चदेखि ८ अप्रिलसम्म सञ्चालन भएको थियो । यस कार्यक्रममा पाँच फरक सिप क्षेत्रहरू प्रदर्शन गरिएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया