Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकिर्गिजस्तानका लागि नेपालको अवैतनिक महावाणिज्यदूतमा शर्मा

किर्गिजस्तानका लागि नेपालको अवैतनिक महावाणिज्यदूतमा शर्मा


काठमाडौ । निर्माण व्यवसायी रमेश शर्मा किर्गिजस्तानका लागि नेपालको अवैतनिक महावाणिज्यदूत नियुक्त भएका छन् । शर्मालाई बुधबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल दिलिपकुमार पौडेलले अवैतनिक महावाणिज्य दूतको नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार एवं पूर्वअध्यक्ष समेत रहेका शर्मा देश विदेशमा ख्याति कमाएको शर्मा एन्ड कम्पनीका प्रबन्ध निर्देशक पनि हुन् । निर्माण व्यवसायीको पृष्ठभूमिबाट अवैतनिक महावाणिज्यदूत नियुक्त हुने शर्मा पहिलो व्यक्ति रहेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । नेपाल र किर्गिजस्तानबीचको सम्बन्धलाई अझ प्रगाढ बनाइ नेपालमा किर्गिजस्तानको लगानी भित्र्याउन आफूले विशेष पहल गर्ने शर्माले बताए । निर्माण व्यवसायलगायत अन्य विविध क्षेत्रमा समेत लगानी गरेका शर्मा विभिन्न सामाजिक संस्थामा पनि क्रियाशील रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया