Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभूकम्पसम्बन्धी जानकारीमूलक प्रदर्शनी सुरु

भूकम्पसम्बन्धी जानकारीमूलक प्रदर्शनी सुरु


काठमाडौं । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा भूकम्पसम्बन्धी सम्पूर्ण जानकारी दिने प्रदर्शनी सुरु भएको छ । त्रिचन्द्र क्याम्पसको भू–गर्भशास्त्र विभाग र मानविकी तथा सामाजिक शास्त्र संकाय, हिरोसिमा युनिभर्सिटी जापानको संयुक्त आयोजनामा ‘टच द इन्डो–युरोसेयिन प्लेट बाउन्ड्री’ नामक प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनीका संयोजक तथा विभागका सहप्राध्यापक डा दीपक चम्लागाईंले भूकम्पसम्बन्धी सम्पूर्ण जानकारी दिनु नै प्रदर्शनीको मुख्य आकर्षण रहेको बताए । यो प्रदर्शनी भूकम्पसम्बन्धी अध्ययन गरिरहेका अनुसन्धानकर्ता र विद्यार्थीलाई निकै उपयुक्त हुने उनको भनाइ छ । प्रदर्शनीमा भूकम्प कसरी जान्छ ? यसले पार्ने प्रभावलाई स्पष्ट तरिकाले देखाउन खोजिएको छ ।

नेपाल भूकम्पीय दृष्टिकोणले संसारकै जोखियमुक्त देश मानिने भएकाले समुदायस्तरमा नै भूकम्पसम्बन्धी जानकारी गराउने उद्देश्य प्रदर्शनीले राखेको उनले बताए । ‘भूकम्पपछि देखिने विभिन्न दरारहरू अध्ययन गरेका छौँ । त्यसको अवशेष पनि ल्याएका छौँ । भूकम्पीय दरारहरू विद्यार्थी र जनमानसमा कसरी चिनाउने नै हाम्रो मुख्य लक्ष्य हो’, उनले भने ।

त्यसैगरी जापानका सहप्राध्यापक डा यासुहिरो कुमहाराले यस प्रदर्शनीले भूकम्प कसरी जान्छ र त्यसपछिका अवस्थालाई ‘थ्रिडी मोडल’ नै बनाएर प्रस्तुत गर्न खोजिएको जानकारी दिए । ‘हामीले अनुसन्धान गरेर दरारहरू पत्ता लगाएर त्यस विषयमा बुझाउन यो प्रदर्शनी गरेका हौँ । भूकम्पीय दरारहरूकै नमुना ल्याएर देखाउन खोजेका छौँ’, उनले भने । आगामी दिनमा भूकम्पसम्बन्धी सङ्ग्रहालय नै नेपालमा बनाउन सके राम्रो हुने उनको भनाइ थियो । प्रदर्शनी बिहीबारसम्म चल्नेछ । प्रदर्शनीमा भूकम्पसम्बन्धी विद्यार्थीका चित्रकला पनि समावेश रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया