Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविद्यार्थीद्वारा आविष्कार केन्द्रलाई सहयोग

विद्यार्थीद्वारा आविष्कार केन्द्रलाई सहयोग


काठमाडौं,पुस १७
काठमाडौंको चावहिलस्थित एपेक्स लाइफ स्कुलका विद्यार्थीले आफ्नो खाजाको पैसा बचाएर राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन् । विद्यार्थीले जम्मा गरको रकममा विद्यालयले पनि थपेर कुल १ लाख १ हजार ५ रुपैयाँ सहयोग गरिएको हो । कीर्तिपुरमा मंगलबार आयोजित कार्यक्रममा विद्यालयका कार्यकारी निर्देशक सुवास न्यौपाने तथा विद्यार्थीले आविक्ष्कार केन्द्रका सञ्चालक महावीर पुनलाई सहयोग रकम प्रदान गरेका छन् ।

नेपाली माटो सुहाउँदो ज्ञान, विज्ञान र अनुसन्धान गर्न स्थापित केन्द्रलाई सरकारले उपेक्षा गरेको अवस्थामा विद्यार्थीले जोगाएको खाजावापतको रकममा विद्यालयले समेत थप गरी सो सहयोग प्रदान गरिएको निर्देशक न्यौपानेले बताए । ‘सरकारले सहयोग गर्नुपर्ने संस्थालाई रचनात्मक र सिजर्नात्मक काम भनेर सांकेतिक रुपमा हामीले सहयोग गरेका हौं,’ निर्देशक न्यौपानेले भने ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया