
कञ्चनपुर ।
सुदूरपश्चिममा सरकारी सवारीसाधन चरम दुरुपयोग भइरहेको पाइएको छ । सरकारी कामकाजका लागि प्रयोग गर्नुपर्ने सवारीसाधनलाई केही कर्मचारीले गैरजिम्मेवारी ढंगबाट आफ्नै निजी सवारीसाधन सम्झिएर दुरुपयोग गर्दै आएको जनगुनासो बढिरहेको छ ।
स्थानीयका अनुसार मदिराका भट्टीदेखि विवाह भोजभतेरमा सरकारी सवारीसाधनको चरम दुरुपयोग भइरहेका छन् । सुदूरपश्चिम प्रदेश डिभिजन वन कार्यालय कैलालीको रा.१झ ९७ नम्बरको जिपले गत २७ पुसमा कार्यालय बाहेक अन्य कामका लागि धनगढीदेखि महेन्द्रनगरतर्फ आएरहेका बेला कञ्चनपुरको कलुवापुर जंगलमा दुर्घटना हुँदा उक्त सरकारी सवारीसाधन दुरुपयोग भएको खुलेको हो ।
धनगढीबाट महेन्द्रनगरतर्फ आइरहेको वनको जिपले साँझ ६ः४५ बजेतिर पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कलुवापुर नजिकैको जंगलमा सुप.०१००१–से ४९३१ नम्बरको अटो रिक्सा र से.१प ७८९२ को मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक कृष्णपुर नगरपालिका ८ मजगाईका हरिराम चौधरी घाइते भएका थिए ।
कैलालीको गेटादेखि महेन्द्रनगरको भाँसी आफ्ना आफन्तलाई भेटघाट गर्नका लागि हिँडेका चौधरी बीचबाटोमै दुर्घटनामा परेका हुन् । उनका अनुसार आफूभन्दा अगाडिको अटो रिक्सालाई वनको गाडीले ठक्कर दिएर पल्टिएको देख्दादेख्दै गाडीले सिधै आफू चढेको मोटरसाइकलमा ठक्कर दिएको थियो ।
‘अटोलाई ठक्कर दियो, मलाई पनि दियो म ढलेँ’, घाइते चौधरीले भने, ‘त्यसपछि म बेहोस भएछु ।’ अहिले घाइते चौधरीको धनगढीको नवजीवन अस्पतालमा उपचार भइरहेको छ । उनको घाँटीको बायाँपट्टिको हड्डीमा चोट रहेको अस्पताल स्रोतले बताएको छ । आफ्नै लगानीमा उपचार गराइरहेको घाइते चौधरीले दुःखेसो पोखे । ‘सरकारी गाडीले ठोक्यो’, उनले भने, ‘म घाइते हुँदा पनि केही वास्ता गरिएन ।’ चार दिन बितिसक्दा पनि आफ्नो स्वास्थ्यबारे सरकारी कार्यालयले बेवास्ता राखेको उनको दुःखेसो थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले सरकारी सवारीसाधन प्रहरी नियन्त्रणमा रहेको बताए । सहमति भएमात्रै छाडिने बताउँदै प्रवक्ता थापाले सरकारी साधन दुरुपयोग वा कामबारे प्रहरीले अहिले अध्ययन नगरेको बताए । उनले दुर्घटनाका हिसाबले मात्रै हेरिरहेको जानकारी दिए ।
डिभिजन वन कार्यालय कैलालीका डिभिजन अधिकृत रामचन्द्र कँडेलले आफू कार्यालयमा नगएको र कसले प्रयोग गरेको हो वा होइन भन्ने बारेमा कार्यालयमा पुगेर बुझेर बताउने गैरजिम्मेवारी जवाफ दिए । निजी कामका लागि सवारीसाधन दुरुपयोग भएकाले वन कार्यालयले यसबारे चुपचाप बसेको स्थानीयको तर्क छ । सुदूरमा चरम सरकारी सवारीसाधन दुरुपयोग हुदा नागरिकस्तरबाट त्यसको चौतर्फी विरोध भइरहेको छ ।
ताजा अपडेट
- अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु-याउने प्रस्तावमा सहमति जुटेन
- भारतले यो वर्ष अहिलेसम्मकै धेरै परिमाणमा गहुँ र चामल उत्पादन गर्ने
- बंगलादेशलाई अतिकम विकसित देशबाट माथि लैजान राष्ट्रसंघीय समितिको सिफारिस
- भारतको ओमेगा सेइकीले बंगलादेशमा विद्युतीय सवारीसाधन उत्पादन गर्ने
- ट्रेडमार्क संरक्षण गर्ने म्याड्रिड सिस्टममा जोडियो पाकिस्तान
- खानेपानी व्यवस्थापन तथा संरक्षणको महत्व
- सीप हातमा रोजगारी साथमा
- बजार परिसुचक २४ सय ७४ अंकमा
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया