Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअग्नि ग्रुपद्वारा बाराको जीतपुर सिमरामा सर्भिस सेन्टर स्थापना

अग्नि ग्रुपद्वारा बाराको जीतपुर सिमरामा सर्भिस सेन्टर स्थापना


काठमाडौं  ।
महिन्द्रा फोर ह्विलरको नेपालका लागि अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्क्स प्रालिले बाराको जीतपुर–सिमरा उपमहानगरपालिकामा महिन्द्रा फोरह्विलर सवारीसाधनहरूको आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीका अनुसार सेवा केन्द्र ‘सिमरा अटो जोन’ त्यस क्षेत्रका लागि बालाजु अटोवर्क्सको अधिकृत सुसज्जित डिलर हो ।

सर्भिस सेन्टरको प्रदेश नं २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनाल र बालाजु अटो वक्र्सका प्रबन्धनिर्देशक अर्जुनप्रसाद शर्माले मंगलबार संयुक्त रूपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा सिमरा अटो जोनका प्रबन्धनिर्देशक राजेशकुमार क्षेत्री र स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो । ‘यो सेवाकेन्द्र स्थापना गर्नुको उद्देश्य बारा र यसका वरपरको क्षेत्रका ग्राहकहरूलार्ई सुविधाजनक र किफायती सेवा पु-याएर उहाँहरूलाई कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ पु-याउने उद्देश्य रहेकोे छ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बालाजु अटो वर्क्सका प्रबन्धनिर्देशक अर्जुनप्रसाद शर्माका अनुसार सबै महिन्द्रा सर्भिसिङ केन्द्रहरूमा ग्राहकहरुलाई अधिकतम सन्तुष्टि दिनका लागि निरन्तर गुणस्तरीय सेवा प्रदान गर्नमा कम्पनी बढी केन्द्रित रहँदै आएको छ । यो सर्भिस सेन्टरले आफ्ना ग्राहकहरूलाई महिन्द्रा अटोमोबाइल्सका स्कोर्पियो, बोलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० र थारलगायतका सबै उत्पादन शृंखलाको बिक्री–सेवा र सक्कली स्पेयर पार्ट्स उपलब्ध गराउनेछ ।

सिमरा अटो जोन, जीतपुर सिमराका प्रबन्धनिर्देशक राजेशकुमार क्षेत्रीका अनुसार कम्पनीको प्रमुख उद्देश्य महिन्द्राको सवारीसाधनका लागि सर्भिसिङ र सक्कली स्पेयर पार्ट्स प्रदान गर्नु हो । सर्भिसिङ सेन्टरले महिन्द्रा सवारी साधनका ग्राहकको आफ्नै मूल स्थानमा गुणस्तरीय सेवा सुविधा पु-याउने उनीहरूको आशा पूरा गर्नेछ । कम्पनीका अनुसार यस क्षेत्रमा यो सर्भिस सेन्टरको स्थापनाले आगामी दिनमा ग्राहक र कम्पनीबीचको विश्वासलाई अझ प्रगाढ बढाउन मद्दत पुग्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया