‘माउन्ट के टु’ आरोहण टोलीलाई परिसंघको सम्मान

काठमाडौं ।
विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट के टु’का आरोहीहरुलाई नेपालको निजी क्षेत्रको प्रमुख संस्था नेपाल उद्योग परिसंघले सम्मान गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरसहितको टोलीले गत बिहीबार एक कार्यक्रमको आयोजना गरी के टु आरोही निर्मल पुर्जा र आरोहण दललाई सम्मान गरेको हो । निर्मल पुर्जा र आरोहण दलले पाकिस्तानमा अवस्थित विश्वको दोस्रो अग्लो चुचुरो ‘के टु’को गत जनवरी १६, २०२१ का दिन हिउँदे यामको समयमा पहिलो सफल आरोहण गरेका थिए ।
परिसंघका अध्यक्ष मोरले यस कीर्तिमानी एवं साहसिक आरोहणबाट नेपाल र नेपालीको शिर उच्च बनाउँदै हिमालय आरोहणमा विश्व रेकर्ड कायम गर्न सफल भएकोमा टोलीलाई बधाई दिए । हिमशिखर आरोहणमा नेपालका शेर्पा र युद्ध कौशलतामा ‘गोर्खाज’ विश्वमा प्रसिद्ध नाम हो । त्यसमा पनि साहसिक पदयात्रा र हिमालय आरोहणको क्षेत्रमा नेपालको शेर्पा समूह अग्रणी मात्र हैन, अनुकरणीय कौशलताको एक पर्यायवाची नै भएको अध्यक्ष मोरले बताए ।
नेपालको पर्यटन प्रवर्द्धनको संवाहक हिमाल आरोही नै भएको उनको भनाइ थियो । यसबाट नेपालको प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्वविशेषका क्षेत्रहरुलाई विश्वमा परिचित गराउन र कीर्ति फैलाउन ठूलो बल मिलेको उनले बताए । हिमालयको संरक्षण, पर्यटन प्रवर्द्धन र विशेषतः दुर्गम क्षेत्रको आर्थिक गतिविधि बढाउन मात्र नभएर दूरदराजका बासिन्दाहरूको जीवनस्तर उकास्न र त्यस क्षेत्रको ‘शिक्षा स्वास्थ्य’का साथै पर्यटनको संरक्षणमा हिमाल आरोहीहरुको योगदान अतुलनीय रहेको उनको भनाइ थियो ।
परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन विश्वभर नेपालको नाम परिचित गराएर हिमाल आरोही टोलीले ठूलो सहयोग गरेको बताए । आरोहण सफलताको समाचार विश्वभरका साढे पाँच अर्ब जनमानसमा पुगेको भन्दै उनले यसले नेपालको पर्यटन क्षेत्रलाई कुनै न कुनै माध्यमबाट टेवा पुग्ने बताए ।
टोलीले ३ माघमा (जनवरी १६मा) साँझ ५ बजे सफल विश्वको दोस्रो अग्लो (८,६११ मिटर) चुचुरो के टूको आरोहण गरेको थियो । १० जना नेपालीले हिउँदयाममा आरोहण गरेर विश्व कीर्तिमान बनाएको थियो । सम्मान समारोहमा परिसंघका उपाध्यक्षहरु क्रमश अनुज अग्रवाल, राजेशकुमार अग्रवाल, सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डेको उपस्थिति थियो ।
ताजा अपडेट
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
- मन्त्री नेम्वा·लाई थाहै नदिई सरुवाबढुवाको सूची !
- खुम्चियो सेयरबजार
- बैंकिङ क्षेत्रको आन्तरिक कारोबार घट्यो
- राष्ट्रिय वाणिज्य बैंक चितवनको छाप किर्ते गरी रकम अपचलन गर्ने परियार पक्राउ
- खुम्चियो सेयर बजार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया