Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनाडाद्वारा ताप्लेजुङ आगलागीपीडितलाई आर्थिक सहयोग

नाडाद्वारा ताप्लेजुङ आगलागीपीडितलाई आर्थिक सहयोग


काठमाडौं ।
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङमार्फत ताप्लेजुङ्गका आगलागीपीडितलाई आर्थिक सहयोग गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको छ सदस्यीय नाडा प्रतिनिधिले आइतबार मन्त्री नेम्वाङ्गलाई भेटी सहयोग हस्तान्तरण गरेका हुन् ।

नाडाको सामाजिक उत्तरदायित्वअन्तर्गत ताप्लेजुङ्गको दोभानमा भएको आगलागीपीडितहरुको लागि सहयोगस्वरुप दुई लाख एक हजार रुपैयाँको चेक जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङ्गको नाममा मन्त्री नेम्वाङ्गलाई हस्तान्तरण गरिएको नाडाले जनाएको छ । सहयोग हस्तान्तरणपछि मन्त्री नेम्वाङ्गले देशमा परेको आपत्विपत्को समयमा पनि नाडाले देखाएको चासो र सहयोगप्रति धन्यवाद दिए ।

साथै उनले नाडाको रकममा आफ्नो व्यक्तिगत तर्फबाट थपथाप गरी प्रदेश सांसदमार्फत जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङ्गलाई हस्तान्तरण गरी नाडालाई समेत जानकारी गराउने बताए । सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाललगायत उपाध्यक्षद्वय करण कुमार चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप कुमार बराल र कोषाध्यक्ष सुरेन्द्र कुमार उप्रेती समेतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया