Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘टेलिमेडिसिन सेन्टरबाट दैनिक तीन सय बिरामीहरुलाई स्वास्थ्य परामर्श सेवा

‘टेलिमेडिसिन सेन्टरबाट दैनिक तीन सय बिरामीहरुलाई स्वास्थ्य परामर्श सेवा


काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्स तथा नेपाल चिकित्सक संघबाट सञ्चालित टेलिमेडिसिन सेन्टरबाट दैनिक तीन सय कोभिड तथा ननकोभिडका बिरामीहरुले स्वास्थ्य परामर्श सेवा लिने गरेका छन् । कोभिड–१९ महामारीको संक्रमण तीव्र रुपमा बढिरहेकोले उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौँ’ भन्ने अभियानमा अनुसा चेम्बर तथा चिकित्सकले जेठ १६ देखि टेली मेडिसिन सेन्टरबाट परामर्श सेवा दिन सुरु गरेको थियो ।

टेलिमेडिसिन सेन्टरको लागि चेम्बर अफ कमर्सले मुख्य प्रायोजन गरेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले दैनिक रुपमा तीन सय जनाले सेवा प्राप्त गरेको बताउँदै आगामी दिनमा अन्य बिरामीहरुले पनि यस सेवाबाट परामर्श प्राप्त गर्नसक्ने र अस्पतालमा जान असमर्थ बिरामीहरुले यस सेवाबाट लाभान्वित हुने बताए । यस केन्द्र सञ्चालनका लागि साल्ट ट्रेडिङ्ग कर्पोरेसन तथा ईश्वरलाल प्रतिष्ठानको पनि सहप्रायोजन रहेको छ । यस केन्द्रबाट सेवा लिन इच्छुक व्यक्तिहरुले मेरो डक्टर एप डाउनलोड गर्न सकिने र उक्त एप कसरी प्रयोग गर्ने सम्बन्धमा मेरो डक्टर डट कम/हेल्पमा गई यसबारे आवश्यक जानकारी प्राप्त गर्ने व्यवस्था रहेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया