Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहाइड्रोद्वारा अतिक्रमित वन कार्यालयलाई नै फिर्ता

हाइड्रोद्वारा अतिक्रमित वन कार्यालयलाई नै फिर्ता


महेन्द्र शाही
सोलुखुम्बु, माघ ५
सोलु दूधकोशी हाइड्रोपावरले अतिक्रमण गरेको सामुदायिक वन डिभिजन वन कार्यालयलाई फिर्ता गरेको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर ३ मा निर्माणाधीन आयोजना निर्माणको क्रममा अतिक्रमित १ सय ५ रोपनी वन डिभिजन वन कार्यालयमार्फत नेपाल सरकारको नाममा फिर्ता गराएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ । ६९ रुख विनाश गरेको आयोजनाले सबै जग्गा फिर्ता गराएको आयोजनाका जनसम्पर्क अधिकृत कैलाश निरौलाले जानकारी दिए ।

सामुदायिक वन अतिक्रमण गरेबापत आयोजनाले नेपाल सरकारलाई सोहीबराबरको वन उपलब्ध गराउनुपर्ने कानुनी प्रावधान रहेको छ । सोहीअनुरुप जिल्लामा निर्माणाधीन अन्य आयोजनाहरुले अतिक्रमण गरेको वन समेत फिर्ता गराइसकेको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ । बेनी हाइड्रोपावरले अतिक्रमण गरेको ४२ रोपनी जग्गा सबै नेपाल सरकारको नाममा दिइसकेको डिभिजन वन कार्यालय सोलुखुम्बुका प्रमुख इन्द्र प्रसाद सापकोटाले बताए । अप्पर सोलु हाइड्रो पावर र तल्लो सोलुखोला जलविद्युत् आयोजनाले ९९ रोपनी र दोभान हाइड्रोपावर बेनी १९.२ मेगावटले २ रोपनी सामुदायिक वन नेपाल सरकारको नाममा फिर्ता गरिसकेको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया