Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबजाजको नयाँ शोरुम बाह्रबीसेमा

बजाजको नयाँ शोरुम बाह्रबीसेमा


काठमाडौँ ।नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बाह्रबिसे, सिन्धुपाल्चोकमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेड’ को उद्घाटन गरेको छ । नेपालमा सबैभन्दा अधिक ब्रिव्रmी हुने र विश्वासिलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधासम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले बाह्रबीसेमा पनि शोरुम सञ्चालनमा ल्याएको छ । यस उद्देश्यलाई सार्थक बनाउन सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेडका प्रोपराइटर राजेश श्रेष्ठलाई डिलरसिप प्रदान गरिएको छ ।

बजाज ग्राहकहरूले खरिद गरेको सामग्रीको अधिकतम महत्व प्रदान गर्न सधैँ प्रतिबद्ध छ । नयाँ शोरुमले ग्राहकहरूलाई बाइकको स्पेयर्स पार्ट्स तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिव्रmीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरूलाई गुणस्तरीय र छिटो सुविधापुर्याउने प्रयास गरिरहेको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा गु्रपका डिरेक्टर अभिमन्यु गोल्छाले भने, ‘हामी बाह्रबिसेमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौँ । हाम्रा ग्राहकहरू निरन्तर वृद्धि भइरहनुभएको छ र उहाँहरूलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । बाह्रबीसेमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरूको जीवन सहज बनाउनुका साथै उनीहरूले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछौँ ।’


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया