Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचांगन अटोको प्रिमियम सेडान ‘एल्सभिन’ सार्वजनिक

चांगन अटोको प्रिमियम सेडान ‘एल्सभिन’ सार्वजनिक


काठमाडौं । चिनियाँ ब्रान्ड चांगन अटोले आफ्नो प्रिमियम सेडान ‘एल्सभिन’ सार्वजनिक गरेको छ । साथै चांगनले यसको मूल्य ४२ लाख रुपैयाँ तोकेको छ । एल्सभिनको पप–अप शोरुम, सोल्टी क्राउन प्लाजामा छ । चांगन अटोको प्रवेश नेपाली बजारमा आफ्नो पहिलो गाडी ‘एल्सभिन’को आगमन साथ भएको कम्पनीले जनाएको छ ।

एमएडब्ल्यूका अध्यक्ष विष्णु अग्रवालले एक विज्ञप्ति जारी गरी ‘एल्सभिन’ नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्डहरू स्थापित गर्नसक्ने क्षमता भएको एक उत्कृष्ट ब्रान्ड भएको बताए । कम्पनीले ग्राहकहरूलाई सबैभन्दा राम्रो बिक्री र बिक्रीपछिको सेवा पूर्वाधार दिने र ग्राहकको आनन्द र अनुभवमा सबैभन्दा बढी ध्यान केन्द्रित गर्ने पनि उनको भनाइ छ । यस्तै चांगन इन्टरनेशनलका उपमहाप्रबन्धक डेङ एक विज्ञप्ति जारी गरी एल्सभिन नेपालको पहिलो चांगन गाडी हुने भएको र एल्सभिनले विलक्षण परिणामहरू प्रदान गर्ने बताउँछन् । उपभोक्ताहरूले एल्सभिनबाट विलासिता, आराम र कार्यक्षमताको मिश्रण पाउनेछन् ।

कम्पनीका अनुसार यसमा १.४ लि. ब्लू कोर इन्जिन, फाइभ स्पिड म्यानुअल ट्रान्समिसन र १३७० सीसीको इन्जिनसँग सुसज्जित छ । ब्लू कोर इन्जिनले ९९ बीएचपी पावर र १३५ एनएम टर्क उत्पादन गर्छ, जसले अधिकतम कार्यसम्पादन र इन्धनको इकोनोमी प्रदान गर्दछ । यो गाडी २५३५ एमएमको ह्विलबेससहित आउँछ । यस्तै १६५ एमएमको ग्राउन्ड क्लियरेन्स प्रदान गर्दछ । एल्सभिनको ४ सिलिन्डरहरू छन् । एल्सभिनको ७ इन्च इन्फोटेनमेन्ट टच स्क्रिनले अरुहरुभन्दा फरक सुविधा प्रधान गर्दछ । उपभोक्ताहरूले मल्टिमिडियामा सजिलो पहुँच पाउनेछन् र उनीहरुले आफ्नो औँलाको टुप्पोबाट गाडी नियन्त्रणमा राख्न सक्नेछन् ।

कम्पनीका अनुसार एल्सभिनले अधिकतम सुरक्षा र आरामदायी ड्राइभिङको अनुभव प्रदान गर्दछ । प्रयोगकर्ताहरूले स्पोर्टी फ्ल्याट–बटम स्टेयरिङको साथ गाडीको बलियो पकडको आशा गर्न सक्छन्, यो स्टेरिङको उचाइ समायोजन गर्न सकिन्छ । ग्राहकलाई गाडीभित्र पस्दा वा बाहिर निस्किँदा कुनै अप्ठ्यारो हुनेछैन । यो सेडानमा एन्टिलक ब्रेकिङ सिस्टम र फ्रोन्टल डुअल एयरब्याग रहेको छ । यसमा डाइनामिक लाइन र प्रोक्सिमिटी अलार्मसहितको पार्किङ सेन्सरसहितको रियरभ्यू क्यामेरा पनि छ । कारमा पार्किङ र रिभर्सिङ दुवैका लागि चेतावनी बत्तीहरू पनि छन् । साथै यसमा प्रिमियम लेथरेट सिटहरू छन्, जसले विलासितालाई पुनः परिभाषित गर्दछ । डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरले उत्कृष्ट ड्राइभिङ सहायता प्रदान गर्दै ड्राइभिङ गर्दा प्रयोगकर्ताहरूको आँखाअगाडि सबै जानकारी प्राप्त गर्न सक्नेछन् । यसका अतिरिक्त, यसमा डिजिटल डिस्प्लेको साथ एचभीएसी छ जसले प्रयोगकर्ताहरूलाई उनीहरूको आवश्यकताअनुसार तापक्रम सेट गर्न अनुमति दिन्छ ।

एल्सभिनको भित्री डिजाइनजस्तै बाहिरी डिजाइन पनि उत्तिकै आकर्षक छ । एल्सभिनको सिग्नेचर बटरफ्लाई ग्रिलले सडकमा जो कोहीको पनि ध्यान आकर्षित गर्दछ । यसमा जडित प्रोजेक्टर हेडल्याम्पले रात्रिकालीन समयमा पनि गाडी चलाउन सजिलो पार्दछ । दिनको उज्यालोमा पनि यसमा रहेको डीआरएलले गाडीको रौनक कायम राख्छ । १५ इन्च अलोय ह्विल्सले आरामदायी यात्रा साथसाथै गाडीलाई राम्रो लुक्स दिन्छ । यसमा जडित शार्क फिन अन्टेनाले एल्सभिनलाई अझै बडी मोडर्न देखाउँछ । कम्पनीले आफ्नो ग्राहकहरुलाई सोल्टी होटलमा आई गाडी अवलोकन गर्न र टेस्ट ड्राइभ लिन निमन्त्रणा दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x