काठमाडौं । टाटा मोटर्सले काभ्रे जिल्लास्थित बनेपामा आफ्नो नयाँ शोरूम आउटलेट सञ्चालनमा ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यही महिनादेखि सेवा पु-याउने योजनासहित बनेपामा आफ्नो नयाँ शोरूम आउटलेट विस्तार गरेको हो ।
बनेपामा सञ्चालित नयाँ आउटलेटको बिक्रेताको रूपमा लक्ष्मी अटो छ, यसका सञ्चालक सेवक बुढाथोकी हुन् । बनेपामा कम्पनीको यो पहिलो आउटलेट हो । योसँगै नेपालभर टाटा मोटर्सको १९ वटा आउटलेट भएको छ । ‘लक्ष्मी अटो ग्रुपसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौँ । बनेपामा टाटा मोटर्स सिप्रदी को यो पहिलो शोरुम हो । यसले हाम्रो ग्राहक केन्द्रित दृष्टिकोण र उनीहरूसँग नजिकको सम्बन्ध विस्तार गर्न मद्दत मिल्नेमा हामी सकारात्मक छौँ’, नयाँ आउटलेट सञ्चालनसम्बन्धी सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख शावन्त जंग सिजापतीले भनेका छन्, ‘हामीले अहिले मासिक रूपमा कम्पनीको वृद्धि भएको देखिरहेका छौँ । यो नयाँ डिलरशिप र सम्झौता कम्पनीको बिक्री, सेवा र ग्राहक सन्तुष्टि क्षेत्रमा नयाँ कोशेढुंगा साबित हुनेमा हामी विश्वस्त छौं । बनेपा हाम्रो लागि प्रमुख बजार मात्र नभई यो हाम्रो विकास रणनीतिको प्रमुख हिस्सा पनि हो ।’
त्यस्तै, लक्ष्मी अटो ग्रुपका प्रबन्धनिर्देशक सेवक बुढाथोकीले पनि बनेपाको नयाँ आउटलेटको बिक्रेताको रुपमा लक्ष्मी अटो नियुक्त भएकोमा खुसी व्यक्त गरे । उनले भनेका छन्, ‘बनेपामा सिप्रदी ट्रेडिङका लागि टाटा मोटर्सको डिलरको रूपमा प्रतिनिधित्व गर्न पाउँदा हामी निकै गर्व महशुस गरिरहेका छौं । बनेपा डिलरशिप सेल्स शोरुमको सफलतापूर्वक उद्घाटन गरिएको छ । उद्घाटनसँगै यस क्षेत्रबाट टाटा मोटर्सले निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
टाटा मोटर्स सँगको सम्झौतासँगै हामी यसको बढ्दो माग, बिक्री एवम् यसको सेवाहरू उच्च मापदण्डहरूको पालनासहित पूरा गर्न चाहन्छौं ।’ अब बनेपामा रहेको आउटलेटबाट ग्राहक एवम् उपभोक्ताहरूले टाटा मोटर्सका साना गाडीसम्बन्धी परामर्श, खरिद तथा एक्स्चेन्ज सर्भिसजस्ता सुविधा लिन सक्नेछन् । उपभोक्ताहरूले यहाँबाट दक्ष प्राविधिकहरूमार्फत गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै गाडीको जेन्युन पार्टपुर्जाहरू पनि सहजै पाउने कम्पनीको भनाइ छ ।
बनेपाको नयाँ आउटलेटबाट बनेपालगायत वरिपरिका उपभोक्ताहरू लाभान्वित हुनेमा कम्पनी विश्वस्त छ । यसभन्दा अघि टाटा मोटर्सले काठमाडौं, चितवन, नवलपुर, कास्की, रुपन्देही, सिराहा, धनुषा, पर्सा, सर्लाही, झापा, सुन्सरी, दाङ, कैलाली, बाँके, मोरङ र मकवानपुरको विभिन्न ठाउँमा रहेको आउटलेटबाट ग्राहकहरूलाई निरन्तर सेवा पु-याइरहेको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया