Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरिलायन्स फाइनान्सको २१औँ शाखा अमरपथमा

रिलायन्स फाइनान्सको २१औँ शाखा अमरपथमा


काठमाडौँ । रिलायन्स फाइनान्सले आफ्नो २१औँ शाखा रूपन्देही जिल्ला बुटवल उपमहानगर पालिका वडा नं. ६ अमरपथमा खोलेको छ । फाइनान्सका अनुसार यही वैशाख १५ गते उक्त शाखाको औपचारिकरूपमा समुद्घाटन गरिएको हो ।

नेपाल राष्ट्र बंैकबाट ‘ग’ वर्गको वित्तीय कारोबार गर्ने इजाजत मिति २०६६÷८÷१० मा प्राप्त गरी मिति २०६६÷०८÷१८ बाट संस्थाको प्रधान कार्यालय प्रदर्शनी मार्गबाट आफ्नो कारोबार सुरु गर्दै आएको छ । फाइनान्सले कामनपा २८ प्रदशनीमार्गमा मुख्य शाखा कार्यालय र न्यूरोड काठमाडौं, सितापाइला काठमाडांै, इमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा, कास्की, बेंशीशहर लमजुङ, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, चारआली झापामा, गोरखा बजार गोरखा र मणिग्राम रूपन्देही, धनगढी, महेन्द्रनगर, कोहलपुर, अत्तरिया, दमक, विर्तामोड, धुलाबारी, टाँडी र भैरहवा शाखा कार्यालय खोली कारोबार गर्दै आएको छ ।

संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरूलाई ई–बैंकिङ, एससीटी नेटवर्क एटीएम, विभिन्न रेमिटेन्स सेवाहरू, सी–आस्वा, कनेक्ट आईपीएस सेवा, इलेक्ट्रोनिक चेक क्लियरिङ (ईसीसी), एसएमएस बैंकिङ, एससीटी मोको (सजिलो–पे मेन्ट, सजिलो लाइफ एप्स, समेतको सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया