Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनाडाको कार्यसमिति बैठक रारामा

नाडाको कार्यसमिति बैठक रारामा


काठमाडौं । आन्तरिक पर्यटन विस्तारमा सहयोग गर्ने उद्देश्यले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको कार्यसमिति बैठक रारामा सम्पन्न भएको छ । एसोसिएसनले शुक्रबार दुई हजार नौ सय ९० मिटरको उचाइमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको हो ।

कर्णालीको विकट जिल्लामा रहेको मनोरम रारामा आयोजना गरिएको बैठकमा नाडाका अध्यक्ष ध्रुव थापाले प्रकृतिको मनोरम स्थानमा नाडाले आफ्नो कार्यसमितिको बैठक राखेर आन्तरिक पर्यटन विस्तारमा एक प्रकारको सन्देश प्रदान गर्न खोजेको बताए । यसमा सबै पक्षको सहयोग महत्वपूर्ण रहेको उनको भनाइ थियो । अध्यक्ष थापाले कर्णाली साँच्चै सुन्दर रहेको तर आवश्यक पूर्वाधार विकास हुन नसक्दा पछाडि परेको बताए । देशमा पूर्वाधार निर्माणमा राज्यले थप लगानी गर्दै यातायात सञ्जालमा रारालाई छिट्टै जोड्नुपर्नेमा उनले जोड दिए ।

बैठकसँगै कर्णाली प्रदेशको कर्णाली अटोमोबाइल्स एसोसिएसनसँग पनि रारा तालको परिसरमा अन्तर्क्रिया कार्यक्रम आयोजना भएको थियो । सो अन्तर्क्रिया कार्यक्रममा कर्णाली अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष भद्र भण्डारीले यातायात पूर्वाधार निर्माणलगायत प्रदेश सरकार र केन्द्र सरकारको पहलमा ‘स्पेसल अटो जोन निर्माण’, व्यवसायीको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन र अन्तप्र्रदेश सम्बन्धलगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै नाडाका अध्यक्ष थापाले बजेट निर्माणको समयमा पनि धेरै विषयमा आफूहरुले सरकारलाई लिखित रुपमा सुझाव दिएको जानकारी दिएका थिए । कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलालले नाडा बलियो बनाउन स्थानीयस्तरबाटै आउने समस्या समाधान गर्दै जानुपर्ने बताए । यसैगरी नेपालगन्ज आसपासमा रहेका अटोमोबाइल क्षेत्रका समस्याको विषयमा शनिबार नेपालगञ्जको सिद्धार्थ होटलमा अन्तक्र्रिया कार्यक्रम समेत सम्पन्न भएको थियो । उक्त कार्यक्रममा लुम्बिनी अटोमोबाइल्सका अध्यक्ष गणेशप्रसाद भट्टराइ समेतको उपस्थिति रहेको थियो ।

नाडाले सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली प्रदेशमा रहेर पर्यटकको ओसारपसारमा काम गर्ने पदमबहादुर रावललाई आर्थिक सहयोग गरेको थियो । रावलका दुई बच्चाको पढाइ लेखाइमा सहयोग पुगोस् भनेर नगद १५ हजार रुपैयाँ समेत प्रदान गरिएको थियो । साथै, नाडाका सदस्यहरुले निजको परिवारका सदस्यलाई काठमाडौं वा जनकपुर जहाँ भए पनि रोजगारी दिने प्रतिबद्धता समेत जनाएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया