Techie IT
×
गृहपृष्ठकर्पोरेटमंगलम इन्डष्ट्रिजको बिक्रीमा २ सय ६ प्रतिशतले वृद्धि

मंगलम इन्डष्ट्रिजको बिक्रीमा २ सय ६ प्रतिशतले वृद्धि


काठमाडौं । पाइप तथा फिटिङ्स उत्पादक मंगलम इन्डष्ट्रिजको बिक्री वर्ष दिनमै दुई सय छ प्रतिशतले वृद्धि भएको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार २०२१ मा एक अर्ब ५० लाख रुपैयाँको कारोबार गरेको मंगलम इन्डस्ट्रिजले २०२२ को पहिलो सात महिनामा ५९ करोड १० लाख रुपैयाँसम्मको कारोबार गर्ने उल्लेख गरेको छ ।

कम्पनीले २०१८ मा ३७ करोड रुपैयाँ र २०१९ मा ५१ करोड रुपैयाँको व्यापार गरेको थियो भने २०१९ को तुलनामा २०२० मा कोरोना महामारीका कारण कम्पनीको कारोबार ३६ प्रतिशतले घटेको थियो । कम्पनीको प्रबन्धनिर्देशक अभिनव चुरिवालले लगातार दुई वर्षको कोभिड महामारीले सुस्ताएको व्यापारले महामारीको अन्त्यसँगै पुनः गति लिनथालेको बताए ।

निर्माण व्यवसायसम्बन्धी गतिविधिहरु पुरानै लयमा फर्किन थालेपछि कम्पनीको बिक्री पनि बढेको उनको भनाइ छ । मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ । नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माणकार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ ।

मंगलम्को उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चापदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइन्छन् । यसका सबै उत्पादनहरू आईएसओ ९००१ः२०१५ प्रमाणित छन् भने मङ्गलमको सीपीभीसी, पीभीसी र एचडीईपी पाइप आईएसओ साथसाथै नेपाल गुणस्तर पनि प्रमाणित छन् ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया