Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपर्वतारोहण संघमा दुई समूहबीच प्रतिस्पर्धा

पर्वतारोहण संघमा दुई समूहबीच प्रतिस्पर्धा


काठमाडौं । पर्वतारोही र पर्वतारोहण व्यवसायमा आबद्ध व्यवसायीहरूको छाता सङ्गठन नेपाल पर्वतारोहण संघको नयाँ नेतृत्वका लागि दुई समूहबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

संघको शुक्रबार र शनिबार हुन लागेको अधिवेशन तथा निर्वाचनमा दुई समूहले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । अध्यक्षसहित पदाधिकारी र सदस्य पदका लागि पर्यटन व्यवसायी निमानुरु शेर्पा समूहले उम्मेदवारी मनोनयन दर्ता गरिसकेको छ । पर्वतारोही माया शेर्पा समूहले पनि छुट्टै मनोनयन दर्ता गराएको छ । यद्यपि माया शेर्पाले अध्यक्षमा निमानुरु शेर्पालाई समर्थन गर्ने भएकी छिन् ।

निमानुरु नेतृत्वको समूहमा वरिष्ठ उपाध्यक्षमा ठाकुरराज पाण्डे, प्रथम उपाध्यक्षमा दावा शेर्पा, द्वितीय उपाध्यक्षमा दावा याङजुङ शेर्पा, महासचिवमा मोहन लम्साल, सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे उम्मेदवार छन् । त्यस्तै सदस्यमा सिङ्गी लामा, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नामग्याल जाङ्बु शेर्पा, नोर्बुछिरिङ शेर्पा (लामा), पासाङदावा शेर्पा, दिनेश तामाङ, उर्गादेवी श्रेष्ठ, डोमा शेर्पा, पिताम्बर गुरुङ र ङिमा डोमा शेर्पा छन् ।

यता माया शेर्पा समूहबाट वरिष्ठ उपाध्यक्षमा माया शेर्पा (पर्वतारोही), प्रथम उपाध्यक्षमा नुरू जाङबु शेर्पा, द्वितीय उपाध्यक्षमा साकी तामाङ, महासचिवमा आङपेम्वा शेर्पा, सचिवमा शिवबहादुर सापकोटा, कोषाध्याक्षमा फुरीगेल्जेन शेर्पा छन् । त्यसैगरी सदस्यमा पेम्बा शेर्पा, कान्छानुर्बु शेर्पा, पासाङ शेर्पा, दावाटसी शेर्पा, ल्हाक्पादेण्डी शेर्पा, दाबुटी शेर्पा, आङदावा शेर्पा, चेङाछिरिङ शेर्पा, फुरदिकी शेर्पा, लक्मी तामाङ र किसान गुरुङ छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया