Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘क्याप्चर द फ्लाग’ प्रतियोगिताको फर्म खुल्यो

‘क्याप्चर द फ्लाग’ प्रतियोगिताको फर्म खुल्यो


काठमाडौं । सफ्टवेरिका कलेजले आयोजना गर्नलागेको ‘क्याप्चर द फ्ल्याग’ प्रतियोगिताको लागि रजिस्ट्रेसन फर्म खुलेको छ । यही सेप्टेम्बर ३ तारिखमा आयोजना हुने उक्त प्रतियोगितामा कुनै पनि कलेजको आईटी विषयमा स्नातक गरेका विद्यार्थीहरू सहभागी हुन सक्नेछन् । सहभागी हुन इच्छुक विद्यार्थीहरूले अनलाइन वा कलेजमै गएर फर्म भर्न सकिने व्यवस्था गरिएको कलेजका प्रमुख प्रमोद पौडेलले बताए ।

उनका अनुसार, प्रतियोगितामा सहभागी हुन प्रत्येक समूहमा कम्तीमा ३ देखि ५ जनासम्म विद्यार्थी हुनुपर्नेे छ । प्रतियोगितामा सहभागीहरू सबैले आफ्नै ल्यापटप ल्याउनुपर्ने र सहभागी हुँदा सरकारी वा कलेजबाट दिएको आईडी कार्ड अनिवार्य ल्याउनुपर्ने व्यवस्था छ । यस्तै, स्नातक अध्ययन पूरा नगरेको वा सोभन्दा कमको अध्ययन मात्र गरेका विद्यार्थीहरू सहभागी हुन नपाउने तर इभेन्टमा आउन पाउने व्यवस्था रहेको प्रमोदले जानकारी दिए । प्रतियोगितामा सहभागीमध्ये प्रथमले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार स्वरुप पाउने व्यवस्था रहेको प्रमोदले बताए । उक्त फर्म यही अगस्ट २४ तारिखसम्म भर्न सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया