Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगउचित ढल निकासका लागि मंगलम् प्रोड्रेन पाइप उपयुक्त

उचित ढल निकासका लागि मंगलम् प्रोड्रेन पाइप उपयुक्त


काठमाडौं । घर तथा भवनको ढल निकासका लागि मंगलम् प्रोड्रेन पाइप उपयुक्त हुनेछ । मंगलम प्रोड्रेन पाइपहरू आइएस १३५९२ अनुसार रिङफिट र सेल्फिट दुवैमा ‘टाइप ए’ र ‘टाइप बी’ गरी दुई फरक प्रकारमा उत्पादन छन् । ‘टाइप ए’का पाइपहरू भेन्टिलेसन र वर्षाको पानी संकलनमा प्रयोग गरिन्छ भने ‘टाइप बी’का पाइपहरू माटो र फोहोर निकासी अनुप्रयोगहरूको लागि प्रभावकारी हुन्छ । यी पाइपहरू एकल सकेट र डबल सकेटको साथ विभिन्न लम्बाइ तथा विभिन्न आकारहरूमा उपलब्ध छन् ।

मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ । नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ । यसका सबै उत्पादनहरू आईएसओ ९००१ः२०१५ प्रमाणित छन् भने मङ्गलमको सीपीभीसी, पीभीसी र एचडीपीई पाइप आईएसओ साथसाथै नेपाल गुणस्तर (एनएस) चिह्न पनि प्रमाणित छन् । यी उत्पादनहरु प्लम्बिङ पेशामा लागेका अनुभवी पेशाकर्मीहरुको साथै घर–धनीहरु र निर्माण व्यवसायीहरुको पहिलो र विश्वसनीय रोजाइ भएको मंगलमको विश्वास रहेको छ ।

घर बनाउँदा जग जति महत्वपूर्ण हुन्छ, घरको ड्रेनेज सिस्टम पनि उत्तिकै महत्वपूर्ण हुन्छ, घरको ड्रेनेज सिस्टमको काम भनेको घरको शौचालय, बाथरुम, सिंक आदिबाट निक्लिने फोहोर पानीलाई ढलको प्रणालीमा विसर्जन गर्नु तथा वर्षामा जम्मा हुने आकाशे पानी संकलन वा निकास गर्नु हो । उचित ढल निकास प्रणालीको अभावले भवन भत्किने, भित्ताहरुमा पानी रसाउनेजस्ता धेरै समस्याहरू निम्त्याउन सक्छ । उचित ड्रेनेज प्रणालीले पानीबाट निम्तिन सक्ने क्षति र त्यसबाट स्वास्थ्यमा पर्ने जोखिमलाई रोक्न मद्दत गर्दछ ।

जल निकासी प्रणालीमा विभिन्न प्रकारका ड्रेनेज पाइपहरू प्रयोग गरिन्छ । गुणस्तरय पाइप छनोट गर्न नसक्दा पाइपहरु फुट्ने, चुहिने, खिइएर जाने, पाइपभित्र जीवाणुहरु फैलिने, पाइपहरु जाम हुने, पाइपमा प्रयोग भएको केमिकल पानीमा मिसिनेजस्ता समस्याहरू आउने गर्दछन् । पाइपहरु भित्ताको भित्री भागमा जडान हुने हुँदा कुनै पनि समस्या आइपर्दा भित्ता सबै भत्काएर पाइप झिक्नुपर्ने हुन्छ । त्यसैले निर्माणको क्रममा नै गुणस्तर प्रमाणित पाइपहरुको प्रयोग गरे यस्ता समस्याहरुबाट जोगिन सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया