Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङ इनोभेसन क्याम्पसको उद्घाटन

सामसङ इनोभेसन क्याम्पसको उद्घाटन


काठमाडौं । इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्राण्ड सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको छ । सामसङ इनोभेसन क्याम्पसको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, सामसङ साउथ वेस्ट एसियाका नेपाल कार्यालयका हेड सुङ जुन पार्क, राजदूत पार्क चोङ सुकले गरेका थिए । यस कार्यक्रमअन्तर्गत सामसङले नेपालका युवाहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स जस्ता प्राविधिक सीपहरूमा तालिम दिने जनाएको छ । यसले भविष्यको प्राविधिक सीपहरूमा युवाहरूलाई तालिम दिएर नेपालप्रति प्रतिबद्धता रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कार्यक्रमको एक हिस्साको रूपमा युवाहरूलाई वास्तविक जागिरको लागि सीपहरू र मागअनुसारको प्राविधिक सीपहरू प्रदान गरिनेछ, जसले उनीहरूको डिजिटल साक्षरता, सिकाउने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार गर्नेछ ।

यस कार्यक्रममार्फत नेपालका युवाहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको सामसङ साउथ वेस्ट एसियाका नेपाल कार्यालयका हेड सुङ जुन पार्कले बताए । बिग डाटा र कोडिङ र प्रोग्रामिङ जस्ता उच्च प्रविधि क्षेत्रहरूमा उनीहरूको सीप वृद्धि गर्ने लक्ष्य राखेको उनको भनाइ छ । सामसङ इनोभेसन क्याम्पसअन्तर्गतका पाठ्यक्रमहरूमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्सलगायतमा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ इन्स्टिच्युटको पुल्चोक क्याम्पसमा पढाइनेछ । पाठ्यक्रमहरूका लागि छनोट गर्नुपर्ने पूर्वशर्तहरूमा एल्गोरिदम, डाटा संरचना र प्रोग्रामिङको ज्ञान समावेश छ ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशीले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङले प्रतिभा, समाज र व्यवसायलाई अगाडि बढाउने प्रयासहरू सामसङ इनोभेसन क्याम्पसको लक्ष्यसँग मिल्दोजुल्दो रहेको बताए । यसले आगामी पुस्तालाई उनीहरूको क्षमता वृद्धि गर्न र सकारात्मक नेतृत्व बनाउन आवश्यक उपकरणहरू उपलब्ध गराएर सशक्त बनाउने उनको भनाइ थियो ।

इन्जिनियरिङ इन्स्टिच्युटमा सामसङ इनोभेसन क्याम्पसअन्तर्गत प्रस्तावित पाठ्यक्रमहरूको एक भागको रूपमा, विद्यार्थीहरूले व्यावहारिक प्रोजेक्ट कम्पोनेन्ट पनि पार गर्नेछन् । यसमा विद्यार्थीहरूलाई सामाजिक महत्वका परियोजनाहरू प्रस्तुत गर्न चुनौती दिइनेछ, जसमा एआई, बिग डाटा, कोडिङ र प्रोग्रामिङ र आईओटीले भूमिका खेल्छ । कम्पनीका अनुसार शिक्षामार्फत युवाहरूलाई सशक्तीकरण गर्नु भनेको युवाहरूलाई साहसी भई भविष्यको संसारको सामना गर्न तयार गर्न सक्ने उत्तम तरिकाहरूमध्ये एक हो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x