Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचर्को ब्याजदरको विरुद्धमा धनगढीमा विरोध प्रदर्शन

चर्को ब्याजदरको विरुद्धमा धनगढीमा विरोध प्रदर्शन


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको सुदूरपचिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनले चर्को ब्याजदरको विरुद्धमा धनगढीमा पनि विरोध प्रदर्शन गरेको छ । एसोसिएसनले आइतबार मुख्य मन्त्रीको कार्यालयअगाडि शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना गरेको हो । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गत मंसिर २२ गते घोषणा गरेको देशव्यापी आन्दोलनअन्तर्गत त्यस एसोसिएसनले पनि प्लेकार्डसहित विरोध प्रदर्शन गरेको हो ।

सरकारले विगत आठ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यानजस्ता निजी प्रयोजनका सवारीसाधनको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि नेपालका बैंकलगायतका वित्तीय निकायहरूको कायम राखेको चर्को ब्याजदरको कारण अटोमोबाइल व्यवसायमा सहजता आउन नसकेकोे एसोसिएसनका अध्यक्ष पुष्कर ओझाले बताए ।

नेपालको अटोमोबाइल व्यवसायलगायत देशको समग्र उद्योग व्यावसाय नै गम्भीररुपले प्रभावित भएको कारण व्यवसायीले ब्याज नै तिर्न नसक्ने अवस्था आउने देखिएकोले हालको ब्याज तथा प्रिमियमदरलाई तत्काल नियन्त्रणमा राख्नको लागि आवश्यक व्यवस्था गर्नुपर्नेजस्ता माग राख्दै धर्ना कार्यक्रम सम्पन्न भएको छ । एसोसिएसनले आइतबार नै नेपाल राष्ट्र बैंकका निर्देशकमार्फत नेपाल राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र समेत बुझाएको छ । नाडाले आफना सातवटै प्रदेश एसोसिएसनहरूमार्फत प्रथम चरणको आन्दोलन सम्पन्न गरेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x