Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेक्सन ईभी रेन्ज टेस्ट

नेक्सन ईभी रेन्ज टेस्ट


काठमाडौं । नेपालको लागि टाटा मोटर्सको एकमात्र अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सको सहआयोजनामा ‘नेक्सन ईभी रेन्ज टेस्ट २०२२’ प्रदर्शनात्मक कार्यक्रम काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरिएको छ । नेक्सन ईभी रेन्ज टेस्ट २०२२ नाम दिइएको यस अभियानमा टाटा नेक्सन ईभी हुने ग्राहकहरूको उल्लेख्य एवं उत्साहजनक सहभागिता रहेको थियो ।

नेक्सन ईभीको काठमाडौं सडकमै ३४७ किमिसम्मको रेन्ज निकाल्न सफल काठमाडौं निवासी सलिम श्रेष्ठ प्रथम भए भने ३३२ किमि रेन्ज निकालेर भरत पुडासैनी र अनिश कावरा दोस्रो हुन सफल भएका थिए । त्यसैगरी तीन सय २१ किमि रेन्ज निकाल्न सफल तृप्ती सिंह तथा उदिप न्यौपाने तेस्रो स्थानमा रहन सफल भएका थिए । कार्यक्रममा सहभागीमध्ये १४ जनाले तीन सय किमि रेन्जभन्दा बढी निकाल्न सफल भएको कम्पनीले जनाएको छ । यसै कार्यक्रममार्फत उत्कृष्ट तरिकाले ईभी चलाई अधिकतम रेन्जका आधारमा विद्युतीय इन्धन खपत गर्नसक्ने उत्कृष्ट सहभागीहरूलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवं प्रशंसा पत्र प्रदान गरिएको थियो ।

प्रथम स्थान प्राप्त गर्न सफल सलिम श्रेष्ठले सम्मान पदक र प्रमाणपत्रका साथ ४३ इन्चको सामसुङ स्मार्ट एलईडी टीभी जितेका छन् । त्यसैगरी दोस्रो स्थानमा रहेका भरत पुडासैनी र अनिश कावराले २८ लिटरको सामसुङ ओभेन जिते भने तेस्रो स्थानमा रहने तृप्ती सिंह तथा उदिप न्यौपानेले सामसुङ भ्याकुम क्लिनर जितेका छन् । विद्युतीय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवं आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावहरूका बारेमा जनचेतना फैलाउने र विद्युतीय गाडीहरूप्रति ग्राहकवर्गको द्विविधालाई हटाई यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले जानकारी दिए ।

शनिबार सिप्रदी ट्रेडिङ नैकापबाट समुद्घाटन गरिएको कार्यक्रम कलंकी, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, पुतलीसडक, जमल, दरबारमार्ग, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, सुकेधारा, चाबहिल हुँदै हायात रेजेन्सी होटलमा पुगेर समापन गरिएको थियो । उक्त कार्यक्रममा ३४ भन्दा बढी नेक्सन ईभीको सहभागिता रहेको कम्पनीले जनाएको छ । हाल नेपालमा पनि विद्युतीय गाडीहरूको माग र खपत दिनानुदिन बढ्दै गएको छ । नेपाली बजारमा टाटा नेक्सन ईभी ग्राहकहरूले सबैभन्दा धेरै रुचाएको गाडी हो । नेपालमा यसको लोकप्रियता बढेसँगै कम्पनीले ग्राहकहरूको सुविधाको लागि अरु मोडलका एसयुभी तथा सेडान गाडीहरूलाई समेत ईभीमा ल्याउने तयारी भइरहेको जानकारी समेत गराएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x