Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल डिस्टिलरिज ४० यूपीको मदिरामा प्रवेश

नेपाल डिस्टिलरिज ४० यूपीको मदिरामा प्रवेश


काठमाडौं । ‘दि नेपाल डिस्टिलरिज’ ४० यूपी सेगमेन्टको मदिरामा प्रवेश गरेको छ । लामो समयदेखि २५ यूपी र ३० यूपीको रम तथा मदिरा उत्पादन गर्दै आएको कम्पनीले ४० यूपीको नयाँ उत्पादन ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको हो ।

यो ४० यूपी सेगमेन्टमा नेपाली बजारमा उपलब्धमध्येकै स्तरीय मदिरा रहेको ‘दि नेपाल डिस्टिलरिज’का महाप्रबन्धक शुभाष लामिछानेले जानकारी दिए । उनका अनुसार ग्राहकको यो सेगमेन्टका मदिराप्रति पछिल्लो समय बढेको आकर्षणलाई सम्बोधन गर्दै कम्पनीले ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको हो । यसमा अल्कोहलको मात्रा २५ र ३० यूपीको मदिरामा भन्दा कम हुन्छ ।

रम फ्लेबरको यो मदिरा तातोपानी वा कोलासँग मिसाएर खान मिल्छ । यो मदिरा ७५० एमएल, ३७५ र १८० एमएलको प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x